aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘पर्यटन परी’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ फागुन २०७६
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘पर्यटन परी’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारबाट रोबोटको सेवा सुरु भएको छ । यी रोबोटले यात्रुलाई अभिवादन गर्नेछन् । साथै यहाँ सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउनेछन् । साथै नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सूचना प्रवाह गर्न सक्छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिहीबार त्रिभुवन विमानस्थलमा आयोजित एक कार्यक्रममा रोबोटको सेवा शुरुवात गरे । बिहीबारको कार्यक्रम रोबोटबाटै सञ्चालन गरिएको थियो ।

रोबोट सञ्चालनको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधिमैत्री र आधुनिक बन्दै गएको बताए । सेवा सुविधाका दृष्टिकोणबाट विमानस्थलको सेवा सहयोगी बनेको भन्दै यी रोबोट परीक्षणका रुपमा राखिएको जानकारी दिए ।

यसले यात्रुहरुलाई सेवा दिन उपयुक्त ठानेमा अन्य विमानस्थलमा पनि यसलाई स्थापित गर्न सकिने उनको भनाइ छ । विमानस्थलमा दुई(तीन घण्टा बिताउँदा हुने ‘मोनोटोनस’ हटाउन र विमानस्थलमा यात्रुलाई भूल्ने वातावरण बनाउन समेत प्रविधि सहयोगी हुने उनको भनाइ छ । रोबोट जडानपछि विमानस्थलको सेवामा समेत भिन्न पहिचान थपिने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस