aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
कल परीक्षणमा सबै टेलिकम कम्पनी फेल, मोवाइल सेवाको गुणस्तर कमजोरीले आफ्नै नेटवर्कभित्र फोन लाग्दैन

कल परीक्षणमा सबै टेलिकम कम्पनी फेल,मोवाइल सेवाको गुणस्तर कमजोर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ बैशाख २०७६
कल परीक्षणमा सबै टेलिकम कम्पनी फेल,मोवाइल सेवाको गुणस्तर कमजोर

काठमाडौं । नेपालमा दूरसञ्चार सेवा दिइरहेका प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम तीनवटै कल परीक्षणमा फेल भएका छन् । यी तीनवटै कम्पनीलाई आधार बनाएर नेपालको टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिरण (एनटीए)ले डेढ महिना लगाएर गरेको एक प्रतिवदेन अनुसार प्रमुख सेवाप्रदायक टेलिकम कम्पनीको मोवाइल सेवाको गुणस्तर कमजोर रहेको छ ।

एनटीएले गत फागुन अन्तिम सातादेखि बैशाख पहिलो सातासम्म गरेको मोवाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवदेनका अनुसार प्राधिकरणले उपत्यकाभित्र सेवा दिइरहेका नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवालाई परीक्षणको प्रमुख कम्पनी बनाएको छ । 

एनटीएले गरेको यस्तो गुणस्तर परीक्षणमा ‘कल स्थापना हुन लाग्ने समय र सफलताको दर’, ‘आफैँ फोनकल वा सम्पर्क विच्छेद हुने दर’ र यसको इन्टरनेटको परीक्षण गरेको थियो । यस्तो परीक्षणमा कल स्थापन हुन लाग्ने वा फोन लाग्ने समय सबैभन्दा बढी स्मार्ट टेलिकमको छ । त्यसपछि नेपाल टेलिकम र एनसलेलको रहेको छ ।

प्राधिकरणले तोकेको मापदण्ड अनुसार ५ सेकेन्ड वा सो भन्दा कम समयभित्रै फोन लागिसक्नुपर्छ । फोन कल हरेक प्रयासमा लाग्नुपर्छ । अर्थात कम्तिमा ९९ प्रतिशत फोन लाग्ने हुनुपर्छ । 

तर, टेलिकम कम्पनीको फोन लाग्ने समय भने प्राधिकरणको मापदण्ड भन्दा निकै कमजोर पाइयो । प्राधिकरणले ५ सेकेन्डभित्रै फोन लाग्ने मापदण्ड तय गरेको भएपनि सो भन्दा दोब्बर बढी टेलिकम कम्पनीले लगाउने गरेका छन् । एनसेलको ७.६८ सेकेन्डभित्रै फोन लाग्छ भने टेलिकमको ११.५३ सेकेन्ड र स्मार्ट टेलिकमको १२.१ सेकेन्ड लाग्ने गरेको एनटीएको प्रतिवेदनमा उल्लेख छ । 

आफैंक फोन सम्पर्क विच्छेद हुने दरमा भने टेलिकम कम्पनीले सुधार गरेका छन् । एनसेलको टेलिफोन सम्पर्क भएपछि आफैं विच्छेद हुने दर शून्य प्रतिशत रहेको छ भने टेलिकमको १.५४ प्रतिशत छ ।

यो दरमा भने स्मार्ट टेलिकमको भने मापदण्ड भन्दा बढी सम्पर्क विच्छेद हुने गरको छ । स्मार्टके ३.२६ प्रतिशत कम असफल हुने वा नलाग्ने गरेको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणले तेकेको २ प्रतिशतको सीमा यसले नाघेको पनि उल्लेख छ । 

यस्तो छ मोवाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन

 

प्रतिक्रिया दिनुहोस