
काठमाडौं । कोरोना भाइरसको त्रास फैलिरहदा पनि चाइनिज पर्यटक नेपाल आउने क्रम बढ्दो छ । गत वर्षको भन्दा यो वर्ष ३ प्रतिशतले चाइनिज पर्यटकको वृद्धि भएको पाइन्छ । २०१९को जनावरी महिनाभन्दा २०२० को जनावरी महिनामा चाइनाबाट नेपाल भ्रमण गर्न आउनेको संख्या वृद्धि भएको छ ।
गत वर्षको जनावरी महिनामा १२ हजार ९ सय १६ जना नेपाल आएका थिए भने यो वर्षको जनावरी महिनामा १३ हजार ३ सय ३ चाइनिज पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डका सुचना अधिकारी मनिराज लामिछानेले जानकारी दिए ।
उनले भने ‘चाइनामा कोरोना भाइरस आउनुभन्दा पहिला नै चाइनिज पर्यटकहरूले आफ्नो ग्रुपको लागि ठाउँ बुकिङ गरेको हुनाले उनीहरु आएका हुन् । चाइनिज पर्यटक नेपाल आए पनि युरोपियन मार्केट भने घटेको छ’ ।
फेब्ररी महिनाको डाटा हेर्दा चाइनाबाट १६ वटा फ्लाइट आउने गरेको छ । उक्त फ्लाइटमा पनि ५० देखि ६० जना मात्र मानिसहरु आउने गरेका छन् । गत सालको तुलना गर्दा फेब्ररी महिनामा ३० देखि ४० प्रतिशतले पर्यटक घट्ने अनुमान गरिएको लामिछानेले बताए ।
नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० को पहिलो जनावरी महिनामानै पर्यटकको लागि भयाभक स्थिति देखिएको थियो । जनावरी महिनामा १ लाख पर्यटक भित्र्याउने लक्ष्य पर्यटन बोर्डले लिएको थियो तर गत वर्ष भन्दा यस वर्ष पर्यटक घटेको देखिन्छ । गत वर्ष जनावरी महिनामा ८१ हजार २ सय ७३ जना पर्यटक नेपाल भित्रिएका थिए । यो वर्ष ७९ हजार ६ सय ८६ जना पर्यटक नेपाल आएका छन् । गत वर्षको जनावरी महिनाको तुलनामा यो वर्ष २ प्रतिशतले पर्यटक घटेका छन् । गत वर्षको तुलनामा यो वर्ष ३०÷३१ प्रतिशतले पर्यटक बढ्ने आशा पर्यटन बोर्डको थियो । तर लक्ष्य अनुसार पुग्न सकेको छैन ।
चाइना मार्केटको शेयर १५ देखि २० प्रतिशतसम्म, भारतको २०÷२१ प्रतिशत नेदरल्याणको ३ प्रतिशत नर्वेको ३७ प्रतिशत, पोल्याडण्को २७ प्रतिशत सुइडेडको ५१ प्रतिशत अस्ट्रेलियाको २९ प्रतिशत युरोपियन मार्केट घटेको हुनाले अहिले ३० प्रतिशतसम्म पर्यटक घट्ने लामिछानेले बताए ।
उनले भने ‘नेपालमा आउने पर्यटक र नेपालीहरु कोरोना भाइरसबाट प्रभावित छैनन् एक जनालाई देखिएको हो त्यो पनि निको भैसकेको हुनाले पर्यटकको क्षेत्रमा असर छैन । नेपालदेखि डराएर नेपालमा भ्रमण नै गर्न हुदैन भन्ने चाँही होइन तर पनि पर्यटकको संख्या भने घटेको छ’ ।
यि देशमा भ्रमण वर्ष मार्केटको रणनीति परिवर्तन
भ्रमण वर्षको मार्केटको रणनीति परिवर्तन हुने भएको छ । अन्तर्राष्ट्रिय बजारहरुको लागि १०/१२ ठाउँमा असेस्टमेन्ट गरिसकेको छ । त्यसअनुसार अब आउने दिनमा कुन कुनले अहिलेसम्म गरेको काम के के र आउने दिनहरूमा कसरी जाने भनेर पर्यटन बोर्डले छलफल गरिरहेको लामिछानेले जानकारी दिए ।
इन्डियामा इन्डिया मार्केट अहिलेसम्म गरेका काम के के र अब कसरी जाने, साउथ एसियन मुलुकमा श्रीलंका, पाकिस्थान,भुटान, बंगलादेशलाई हेरेर एउटा मार्केट, बुद्धिस्ट र साउथ एसियन मार्केट भनेर म्यानमार, सिङगापुर, थाइल्याण्ड, मलेसिया, युनेसिया, अर्को मिडिलिस्ट भनेर छुट्टै मार्केट, युरोप मार्केट, यु.के मार्केट, अस्ट्रेलिया न्युजल्याण, अफ्रिका भनेर इजिप्प र आउथ अफ्रिका, नर्थ अफ्रिका भनेर युजस्काण्डा, साउथ नर्थ अफ्रिका भनेर मेस्सि र ब्राजिल, चाइना र नर्थ इस्ट एसियामा मार्केटिङ रणनिति परिवर्तन हुने भएको छ ।
यि स्थानमा नेपाल पर्यटन बोर्डको एक जना प्रतिनिधि, भिजिट नेपाल २०२० को एक जना प्रतिनिधि र निजी क्षेत्रको एक जना व्यक्ति गरी तिन जना व्यक्तिको ट्याक्स फ्रोस बनाएको लामिछानेले बताए ।
पर्यटन बोर्डले अन्तर्राष्ट्रिय बजारमा पर्यटन बजार व्यवसाय प्रवद्र्धन (मार्केटिङ) गर्नको लागि यो आर्थिक वर्षमा २६ करोड ९३ लाख ५३ हजार २६ रुपैयाँ ७३ पैसा असारसम्मको लागि बजेट छुट्याएकोमध्ये हालसम्म आधाभन्दा बढी खर्च भएको लामिछानेले बताए ।
काठमाडौंका हस्पिटलमा ५ इमर्जेन्सी बेड खालि
काठमाडौंमा रहेका प्रत्येक हस्पिटलहरुमा ५ इमर्जेन्सी बेड खाली राख्न पर्यटन बोर्डले आहन गरेको छ । काठमाडौंमा रहेको टेुक हस्पिटललाई मुख्य मानिएको छ भने अन्य हस्पिटलहरुमा पनि खाली राख्नु भनिएको छ । नेपालमा घुम्न आउने आन्तारिक तथा बाह्य पर्यटकहरुको सुरक्षाको लागि पर्यटन बोर्डले उक्त योजना अगाडि सारेको हो । भाइरस भनेको हावाबाट फैलिन सक्ने भएकोले जुन सुकै बेलामा पनि नेपालमा आक्रमण गर्न सक्ने भएकोले पर्यटन बोर्डले हस्पिटलका बेड खाली राख्न अनुरोध गरेको लामिछानेले बताए ।
प्रतिक्रिया दिनुहोस