aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

टेलिकमको टावर ढल्दा तीन घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ फागुन २०७६
टेलिकमको टावर ढल्दा तीन घाइते

कैलाली । कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् । भजनी नगरपालिका–१ स्थित नेपाल टेलिकमको पुरानो टावरलाई खोल्ने क्रममा टावर ढल्दा तीनजना कामदार घाइते भएका हुन् । घाइते हुनेमा बर्दियाका ३२ वर्षीय चन्द्रबहादुर चौधरी, ३५ वर्षीय सन्ते चौधरी र २६ वर्षीय माइकल चौधरी रहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।

 घाइतेमध्ये दुईको अवस्था सामान्य रहेको र एकको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएकालाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले बताए । 

शनिबारदेखि नै टावर खोल्ने काम शुरु गरे पनि बुधबारसम्म आधा टावर खोलिसकेको र बाँकी टावरलाई तारले सपोर्ट गरी बाँधेको अवस्थामा काम गर्ने क्रममा टावर अनियन्त्रित हुँदा ढलेको नगर प्रमुख चौधरीले बताउनुभयो । टावरले च्यापेपछि डोजरले पर्खाल भत्काएर टावर हटाई घाइतेको उद्धार गरिएको बताइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस