aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

२३ जना जुवाडे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ बैशाख २०७६
२३ जना जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा काठमाडौंका विभिन्न स्थानबाट २३ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ बालाजु बसन्तनगरस्थित लमजुङ घर भएका ५७ वर्षीया देउ कुमारी गुरुङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा देउ कुमारी गुरुङ समेत ६ जनालाई नगद २३ हजार ८ सय ८० रुपैयाँ र ३ बुक तास सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

यसैगरी काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सुनसरी घर भएका ३४ वर्षीय हरि लिम्बुको हार्मोनियम गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लिम्बु समेत ९ जनालाई नगद ७१ हजार ५ सय ५५ रुपैयाँ र ४ बुक तास सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
    
यसैगरी काठमाडौं, नागर्जुन नगरपालिका-२ गैरीगाँउस्थित सिंहबहादुर तामाङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई नगद ८५ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस