
काठमाडौं । कारोना भाइरसका कारण फेब्रुअरीमा नेपाल आउने पर्यटक घटेका छन् । जनवरीमा विभिन्न देशबाट नेपालमा ७९ हजार ६ सय ८६ जना पर्यटक नेपाल भित्रिएका थिए । तर, फेबु्रअरीमा दुई हजारभन्दा बढीले पर्यटकको संख्या घटेको छ । गत महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७७ हजार ६४ जना विभिन्न मुलुकका पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
सरकारले भ्रमण वर्ष मनाइरहँदा नेपाल आउने पर्यटक भने घट्दै गएका हुन् । जनवरीमा चीनबाट चीनबाट १३ हजार ३ सय १ पर्यटक नेपाल आएका थिए । फेबु्रअरीमा भने सरकारले नेपाल चीन नाकामा बन्देज लगाएका कारण धेरैप पर्यटक आएनन् । गत महिना फेब्रुअरीमा ३२ सय ८५ जनामात्रै चीनियाँ पर्यटक नेपाल भित्रिएका छन् ।
सरकारले २० लाख पर्यटक भित्र्याउने तयारी गरिरह्दा सन् २०१९ मा भने नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक भित्रिए । सोमध्ये चीनबाट १ लाख ६९ हजार ५ सय ४३ पर्यटक नेपाल भित्रिएका थिए ।
प्रतिक्रिया दिनुहोस