aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सामसङको दुईवटा नयाँ सेट  ‘एस २०’ र ‘एस २०’ प्लसको प्रि अडर खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ फागुन २०७६
सामसङको दुईवटा नयाँ सेट  ‘एस २०’ र ‘एस २०’ प्लसको प्रि अडर खुला

काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्रान्ड सामसङ नेपालले ग्यालेक्सी एस २० र एस २० प्लसको प्रि अडर खुला गरेको छ । यी मोबाइल सेट फाल्गुन ३० गतेदेखि नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रि–अडर गर्ने उपभोक्ताले तोकिएको मितिभन्दा अगाडि पाउने पनि कम्पनीले जनाएको छ । स्थानीय बजारमा ग्यालेक्सी एस २० को बजार मूल्य १ लाख ७ हजार ५ सय र एस २० प्लसको १ लाख १९ हजार ५ सय रहेको छ । 

ग्यालेक्सी एस २० सिरिजमा प्रयोग गरिएको क्यामेरा विश्वको पहिलो आविष्कार रहेको कम्पनीले जनाएको छ । त्यसमा उच्चस्तरीय फोटो एवं भिडियो सम्पादन गर्न सकिने, जीवन्त रूपमा फोटो खिच्ने तरिका एवं आफ्नो विषयवस्तुलाई बेग्लै तरिकाबाट प्रस्तुत गर्ने स्वतन्त्रता रहेको कम्पनीले जनाएको छ । 

ग्यालेक्सी एस २० सिरिजमा रहेका अन्य सुविधाहरूमा ६४ मेगापिक्सलको क्यामरा र सेन्सर, सुपर जुम, सिंगल टेक, प्रो–ग्रेड–फ्लिमिङ्ग रहेको जनाइएको छ । 

ग्यालेक्सी एस २० तथा एस २० प्लसमा नेपालका कुनै पनि सामसङको स्टोरमा पाँच हजार जम्मा गरेर अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । ग्यालेक्सी एस २० प्लस अग्रिम अर्डर गरेका ग्राहकहरूले ग्यालेक्सी बड्सप्लस निःशुल्क वा ३२ इन्चको सामसङ टिभि ६ हजारमा खरिद गर्न सक्न पनि कम्पनीले जनाएको छ ।

यस्तै ग्यालेक्सी एस २० अग्रिम अर्डर गरेका ग्राहकले ३ हजार थप गरी ग्यालेक्सी बड्सप्लस वा ३२ इन्चको सामसङ टिभी ९ हजारमा खरिद गर्न सक्नेछन् । 

यसैगरी अग्रिम अर्डर गरेका ग्राहकहरूले ग्यालेक्सी उपहार स्वरूप टर्किस एअरलाइन्स, एस ट्राभल्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याकेज, लेट मिइनका सेवा, बयोधा हस्पिटलमा एवं केजीएच ग्रुपको प्रोपर्टिजमा भारी छुट पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस