
काठमाडौं । सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विश्वभर कोरोना भाइरस संक्रमण बढेकाले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेको बताइएको छ ।
त्यस्तै बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ । पौडेललाई १५ दिनभित्र नेपाल आउन समय दिएको बताइएको छ । कोरोनाको महामारीसँग जुधिरहेको चीनबाट सरकारले राजदूतलाई किन फिर्ता बोलाउन लागेको भन्नेबारे भने केही खुलेको छैन ।
पौडेलको ठाउँमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूत बनाएर बेइजिङ पठाउने तयारी गरिएको बुझिएको छ । त्यसैगरी मन्त्रिपरिषद्को बैठकले पाँच सचिवको पनि सरुवा गरेको छ ।
प्रतिक्रिया दिनुहोस