aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनसेलका प्रबन्ध निर्देशक सुरेनद्धारा राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ बैशाख २०७६
एनसेलका प्रबन्ध निर्देशक सुरेनद्धारा राजीनामा

काठमाडौं । एनसेल नेपालका प्रवन्ध निर्देशक सुरेन जे अमरसेकेराले राजीनाममा दिएका छन् । एनसेल स्रोतका अनुसार चार दिन पहिला उनले व्यक्ति कारण देखाउदै राजीनामा दिएको बताइएको छ । 


 उच्च श्रोतका अनुसार सुरेनले कम्पनीमा हालै देखिएका समस्या समाधान गर्न कुनै पनि पहल नगरेको भन्दै सञ्चालकहरुले प्रेसर दिइरहेका थिए ।  यसभन्दा पहिला एकै पटक चार जनाले एनसेल छोडेपछि एनसेलको आन्तरिक व्यबस्थापन कमजोर भएको स्रोतको भनाइ छ ।  

एनसेलसँग सम्बन्धित एक्जिटा कम्पनीले  सुरेनलाई श्रीलंकाबाट ल्याएको थियो फेरि अब पुन नयाँ प्रवन्ध निर्देशक खोजीमा एनसेल लागेको बुझिएको छ । 

एनसेल खरिद बिक्रीमा सरकारले निर्धारण गरेको पुँजीगत लाभकर, जरिवाना र शुल्कको गणना गलत भएको भन्दै सर्वोच्च अदालत गएको एनसेलले आरर्बिटेसनका लागि आइसीएसआइडीमा गएको  छ । 

प्रतिक्रिया दिनुहोस