aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
कोरोनाको असर सबैभन्दा बढी पर्यटकीय क्षेत्रमा

७५ प्रतिशत होटल बुकिङ अप्रिलसम्मका लागि रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ फागुन २०७६
७५ प्रतिशत होटल बुकिङ अप्रिलसम्मका लागि रद्द

काठमाडौं । कोरोना भाइरसका कारण ७५ प्रतिशत होटल बुकिङ अप्रिलसम्मका लागि रद्द गरिएको छ । होटल एसोसिएसन हानले दिएको जानकारी अनुसार अप्रिलसम्म बुकिङ गरिएका होटलका ७५ प्रतिशत कोठाहरू रद्द गरिएको हो ।

‘वाँकी २५ प्रतिशत पनि क्यान्सिल गर्ने क्रममा रहेको छ,’ हानले भन्यो ‘अहिले नेपाल आउनका लागि होटल बुकिङ गरेका पर्यटक पर्ख र हेरको अवस्थामा रहेका छन् । भ्रमण वर्ष मनाइरहँदा कोरोन भाइरसका कारण बुकिङ गरिएका होटलहरू बन्द गरिएको हो । 

ठूला वा तारे होटलमा गरिएका बुकिङ धमाधम रद्द गरिएका छन् भने साना होटलमा पनि १० देखि २० प्रतिशतमात्र अकुपेन्सी भएको छ । कोरोनाको कारण सबैभन्दा बढी मारमा ठूला होटल परेको हानले बताएको छ । अहिले साना होटलमा केही पर्यटक भएपनि ठूला होटल भने प्राय रित्तिसकेका छन् । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमवहादुर सुवेदीले पर्यटन क्षेत्रको व्यवसायमा संकट आएको बताए । ‘यति बेला ठूला साना गरी समग्र पर्यटन क्षेत्रको व्यवसाय करिब ६० प्रतिशतसम्म रद्द भइसकेको छ । विश्वमा देखिएको यो विपद्को असर नेपाली अर्थतन्त्रमा अझ बढी परेको उनले बताए । 

यति बेला पर्यटकीय आगमनको समय भएका हो,’ उनले भने ‘कोरोनका कारण यतिबेला पर्यटन व्यवसाय प्राय सुनसान जस्तै छ ।’ यसको असर होटल व्यवसायमात्र नभइ ट्राभल्स एण्ड टूरदेखि ट्रेकिङ एजेन्सीसम्म परेको उनले जानकारी दिए । ‘हामी भ्रमण वर्ष मनाइरहेका थियौं,’ उनले भने ‘भ्रमणवर्षको तयारी पुरा भैसक्दा त्रास फैलियो । अहिलेको अवस्था र बुकिङ भएका कार्यक्रम समेत क्यन्सिल गरिदा अझ केही महिनासम्म व्यवसाय शिथिल हुने देखिएको छ । तत्कालका लागि विदेशमा हुने पर्यटकी गतिविधि समेत रोकिएको उनले जानकारी दिए ।  

अघिल्ला वर्षहरूमा फेब्रुअरीदेखि पर्यटक आउने क्रम बढ्न थाल्यो । यसपछिका केही महिना नेपाल पर्यटकको लागि आकर्षक गन्तव्य बन्थ्यो । तर, यस वर्ष भने बुकिङ भएका होटल समेत क्यान्सिल भइसकेका छन् । अन्य वर्षमा यतिबेला तारे होटलहरू ६० देखि ७० प्रतिशतसम्म अकुपेन्सी भइसक्थे । 

सरकारले भ्रमण वर्षको तयारी गरिरहदा लाख पहुना राख्न सक्ने क्षमतालाई बढाएर २५ पुर्याए । तर, पर्यटक घट्दा भएको लगानीबाट प्रतिफल पाउन नसक्ने अवस्था आएको होटल एशोसिएसन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाहले  दुखेसो पोखे । 

‘भ्रमण वर्षका लागि पूर्वाधार तयार पारेर २५ लाख पर्यटकलाई राख्न सक्ने गरी होटलको क्षमता विस्तार गरियो,’ उनले भने ‘ सन् २०१९ मा क्षमताको आधामात्र उपयोगमा आयो ।’  ‘अब अहिले त त्यो अवस्था पनि रहेन, अकुपेन्सी दिनप्रतिदिन घट्दो अवस्थामा छ ।’ सरकारले सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य लिएपछि व्यवसायीहरूले पछिल्लो समय होटल व्यवसायमा क्षमता विस्तार गरेका थिए ।

कति छन् तारे होटल  
नेपाल पर्यटन विभागको तथ्याङ्क अनुसार नेपालमा १३३ वटा तारे होटल रहेका छन् । जसमा पाँच तारे होटल १५ वटा रहेका छन् भने चार तारे होटल १३ वटा रहेका छन् । 

त्यस्तै तिन तारे होटल ३३ वटा, दुई तारे होटल ४३ वटा र एक तारे ३५ वटा सञ्चालनमा रहेको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस