aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
नेपालमा सञ्चालित

कहाँ कहाँ छन् १५ पाँच तारे होटल (सूची सहित)

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • शुक्रबार, २३ फागुन २०७६
कहाँ कहाँ छन् १५ पाँच तारे होटल (सूची सहित)

काठमाडौं । तारे होटेल खोल्ने विषय जति शान र लगानीका हिसावले आकर्षक मानिन्छ । होटलमा गएर बस्न अझ त्यो भन्दा बढी शान मिल्छ । किन भने सुविधा सम्पन्न होटेलमा बस्न निकै खर्च लाग्छ । 

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये धेरै खर्च गर्न सक्ने पर्यटकको बसाई प्रायः तारे होटेलमा पनि पाँच तारे होटमा हुने गरेको छ । नेपालीहरूको खर्च गर्ने क्षमता बढेसँगै पछिल्लो समय विभिन्न कार्यक्रम, सभा / सम्मेलन तथा गोष्ठीहरु गर्न तारे होटल नै रोज्न गरेको पाइन्छ । खासगरी विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको यस्ता होटलहरू पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको छ ।  

हाल नेपालमा १५ वटा पाँच तारे, १३ वटा चार तारे, ३३ वटा तिन तारे, ४३ वटा २ तारे र ३५ वटा एक तारे होटल रहेका छन् । कोरोनाका कारण अन्य यति बेला फूल अकुपेन्सी हुने यस्ता होटलहरू अहिले प्राय सुनशान भएको होटल व्यवसायीले बताउँछन् । सरकारले भ्रमण वर्ष मनाउँदै गर्दा होटलहरू खुल्ने क्रम पनि बढ्यो । तर, अहिले व्यवसाय विस्तार भएपछि व्यवसायीहरूले उचित प्रतिफल पाउन नसक्ने अवस्था आएको छ । कोरोना भाइरसका कारण होटलहरूले कर्मचारी पाल्न नसक्ने अवस्था पुगेका छन् । 

१५ वटा पाँच तारे होटल

होटेल सोल्टी

नेपालमा सबैभन्दा राम्रो र सुविधासम्पन्न पाँचतारे होटलको सूचीमा रहेको क्राउन प्लजा सोल्टी होटल हो । नेपालमा आउने ठूला भीभीआईपी पहुनाहरू बस्नको लागि बढी प्रयोग हुने उक्त होटलमा विश्वमा पाइने सवै प्रकारका सेवा सुविधा छन् ।

सोल्टी होटलको कुल पूँजी ६६ करोड ६० लाख रहेको छ । २८२ कोठा भएको उक्त होटलमा ४१७ वटा बेड रहेका छन् । २०७१÷२÷१९ गते पछिल्लो पटक नवीकरण गरिएको उक्त होटलमा ५ सय १५ जना कर्मचारी रहेका छन् । 

याक एण्ड यति

काठमाडौंको दरबार मार्गमा अवस्थित होटल याक एण्ड यति होटल चर्चित पाँच तारे होटलमध्ये एक हो । राजधानीको मुटुमा अवस्थित सबै सेवा सुविधा सम्पन्न उक्त होटल पर्यटकले सधै भरिभराउ हुनुका साथै विभिन्न कार्यक्रम पनि हुने गर्दछ । उक्त होटलमा २ वटा ४६ वटा कोठामा सोही बराबरका बेड रहेको छ । २०७०÷११÷१२ गते पछिल्लो नवीकरण गरीको उक्त होटलमा ३ सय ५ जना कर्मचारी रहेका छन् । 
 

साँग्रिला होटल

काठमाडौंको लाजिम्पाटमा रहेको साँग्रिला होटल पाँच तारे सुविधा सम्पन्न अर्को होटल हो । पर्यटकले भरिभराउ हुने उक्त होटलको कुल पूँजी १८ करोड रहेको छ । यस होटलमा १ सय वटा कोठा रहेका छन् भने १ सय ६८ वटा बेड रहेका छन् । २०७२÷०३÷०४ गते पछिल्लो नवीकरण गरिएको छ । उक्त होटलमा २ सय १० जना कर्मचारी रहेका छन् । 

¥याडिसन होटल 

लाजिम्पाट स्थित ¥याडिसन होटल रहेको छ । सबै सेवा सुविधा सम्पन्न रहेको उक्त होटल पर्यटकको रोजाइको होटल हो । उक्त होटलमा २ सय ६० वटा कोठा रहेका छन् । 

हायत होटल

पछिल्लो समय विवादमा पर्दै आएको हायत रिजेन्सी होटल काठमाडौंको बौद्धमा रहेको छ । हायत होटलको कुल पूँजी १ अर्ब ८८ करोड ६६ लाख रहेको छ । २ सय ९० वटा कोठा रहेको उक्त होटलमा ४ सय ३६ वटा बेडरहेका छन् । २०७०÷५÷३० गते पछिल्लो समय नवीकरण गरिएको उक्त होटलमा ४ सय १० जना कर्मचारी रहेका छन् । 

होटल अन्नपूर्ण

दरबारमार्गमा रहेको होटल अन्नपूर्ण पाँच तारे होटल हो । सुविधासम्पन्न अन्नपूर्ण होटलको कुल पूँजी ६० करोड ७२ लाख रहेको छ । अन्नपूर्ण होटलमा १ सय ५३ कोठा रहेका छन् भने २ सय ३० वटा बेड रहेको छ । २०७३÷६÷२७ गते नवीकरण गरीएको उक्त होटलमा ३ सय ४४ जना कर्मचारी रहेका छन् । 

मल्ल होटल

काठमाडौंको ठमेलमा रहेको पाँच तारे होटल मल्ल सुविधासम्पन्न होटल हो । सदाबाहार भरिभराउ हुने उक्त होटलमा पर्यटकका लागि सवै सेवा सुविधा उपलव्ध रहेको छ । 

होटल ग्रान्ड पोखरा

होटल ग्रान्ड पोखराको रहेको एकमात्र पाँच तारे होटल हो । फूलबारी रिसार्ट बन्द भएपछि पोखरामा एउटा मात्रै पाँच तारे होटल रहेको छ । काठमाडौंको पाँच तारे होटलभन्दा केही सस्तो रहेपनि सुविधाका हिसावले पर्यटक लोभ्याउने होटलको अग्रपक्तिमा आउँछ । 

सोल्टी शिवक्रिम होटल

सोल्टी शिवक्रिम होटल तथा रिसोर्टस नेपालगन्ज १९,बाँके मा रहेको छ । यो नेपालगञ्जको सोल्टी हस्पिटालिटी समेत रहेको एक मात्र पाँचतारे होटल हो । उक्त होटलको कुल पूँजी २ अर्ब रहेको छ । ८० वटा कोठा रहेको उक्त होटलमा ९९ वटा बेड रहेका छन् । 
टाईगरवान होटल 

टाईगरवान होटल कोटिहवा रुपन्देहीमा रहेको छ । रुपन्देहीमा रहेको यो एक मात्र पाँच तारे होटर हो । उक्त होटलमा १ सयभन्दा बढी कोठा संख्या रहेका छन् । 

होटल सेन्ट्रल प्लाजा 

होटल सेन्ट्रल प्लाजा कोहलपुरमा रहेको छ । उक्त होटलको कुल पूँजी ६० करोड रहेको छ । यस होटलमा ८० वटा कोठा र ९९ वटा बेड रहेका छन् । 

होटल मेरियट 

नक्सालमा रहेको होटल एभरेष्ट हस्पिटालिटी एण्ड होटल. (होटल मेरियट काठमाडौं) पाँच तारे होटल हो । उक्त होटलको कुल पूँजी २ अर्ब ६६ करोड ६० लाख रहेको छ । होटल मेरियटमा २ सय १४ कोठा र ३ सय ४४ वटा बेड रहेका छन् भने ३ सय कर्मचारी रहेका छन् । 

छायाँदेबी कम्प्लेक्स.(होटल अलफ्ट)

छायाँदेबी कम्प्लेक्स ठमेलमा रहेको छ ।  होटल अलफ्टको कुल पूँजी ५ अर्ब रहेको छ । यस कम्प्लेक्समा १ सय ६७ वटा कोठामा २ सय १६ वटा बेडहरू रहेका छन् ।
  


 

प्रतिक्रिया दिनुहोस