aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

टेलिकम डाटा अपग्रेड, स्पिड बढेन् पैसा सकिन लाग्दा अलर्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ फागुन २०७६
टेलिकम डाटा अपग्रेड, स्पिड बढेन् पैसा सकिन लाग्दा अलर्ट

काठमाडौं । नेपाल टेलिकमले जिएसएम मोबाइल सेवाको प्रणाली अध्यावधि गरी डाटा सेवालाई प्रभावकारी बनाएको जनाएको छ । कम्पनीले नयाँ पिसिआरएफ प्रणाली जडान गरी पुराना ग्राहकलाई स्तरोन्नति गरिएको प्रणालीमा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको बताएको छ । 
    
कम्पनीले डाटा सेवाका लागि सञ्चालन गरिरहेको पीसीआरएफ सिष्टमबाट जिएसएम प्रविधि अन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले नयाँ पीसीआरएफ सिस्टम जडान गरेको हो। सिष्टम अपग्रेड गरेसँगै पुराना ग्राहकहरुलाई स्तरोन्नति गरि सिस्टममा माइग्रेट गर्ने कार्य पनि गत बिहीबार नै सम्पन्न भइसकेको नेपाल टेलिकमले जनाएको छ।
    
पिसिआरएफ प्रणालीलाई स्तरोन्नति गरेपश्चात् सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहजरुपमा प्रयोग गर्न सक्नेछन् । यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउँदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन् । यस स्तरोन्नतिबाट कम्पनीको जिएसएम टुजी/थ्रीजी/फोरजीअन्तर्गतका डाटा सेवा ग्राहक वर्गका लागि थप प्रभावकारी र आकर्षक हुने कम्पनीको विश्वास रहेको छ । 

प्रतिक्रिया दिनुहोस