काठमाडौं । कामिरिता शेर्पाले २३औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन्। सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन्।
कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बिहान ७:५० बजे सगरमाथाको शिखरमा पुगेका छन्, आधार शिविरबाट पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन्।
उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै यो राष्ट्रकै गौरवको कुरा भएको बताएका छन्।
सगरमाथाको चुचुरो पुग्ने कुरा कहिल्यै आफ्नो हातमा हुन्नस् कामिरिता शेर्पा सगरमाथा कति खतरनाक छ । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्।
आरोहणमा जानुअघि बीबीसीसँग कुराकानी गर्दै कामिरिताले तत्काल हिमाल चढ्न नछोड्ने बताएका थिए।
| आरोही | आरोहण |
|---|---|
| कामिरिता शेर्पा | २३ |
| ङिमा नुरु शेर्पा | २१ |
| आप्पा शेर्पा | २१ |
| फुर्वातासी शेर्पा | २१ |
| आङ दोर्जी शेर्पा | १९ |
| छेवाङ निमा शेर्पा | १९ |
| मिङ्मा छिरी शेर्पा | १९ |
| लाक्पा रिता शेर्पा | १७ |
| कामिरिता शेर्पा | १६ |
| निमा गोम्बु शेर्पा | १६ |
सबै आरोही नेपाली हुन्। स्रोत: पर्यटन विभाग, नेपाल
बीबीसी नेपाली सेवाबाट
प्रतिक्रिया दिनुहोस