
रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ११ लाख रुपैयाँ कमाएको छ जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनामा ६० दशमलव २७ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा नाफा २७ लाख रुपैयाँ कमाएको थियो ।
५६ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा ७१ लाख रुपैयाँ राखिएको छ । कम्पनिको बिक्री तर्फ १० लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा घटेको छ । कम्पनीले लगानी ७० लाख रुपैयाँ गरेको छ ।
कम्पनीको आम्दानी ५५ दशमलव ५७ प्रतिशतले घटेर १८ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा ५९ दशमलव ११ प्रतिशतले घटेर १५ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले आम्दानी तथा संचालन मुनाफा घटाएको हुँदा नाफा पनि घटेको हो ।
रैराङ हाईड्रोपावरको प्रतिशेयर आम्दानी वार्षिक शुन्य दशमलव २० रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ४५६ दशमलव १६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय दशमलव १ दशमलव २८ रुपैयाँ र तरलता अनुपात ८ दशमलव ९२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस