aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एफवान सफ्टको ‘क्वीक भुक्तानी’ प्लाटफर्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ फागुन २०७६
एफवान सफ्टको ‘क्वीक भुक्तानी’ प्लाटफर्म

काठमाडौं । एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्म शुरु गरेको छ । अधिकारिक घोषणा कार्यक्रममा यसका प्रथम प्रयोगकर्ताहरुलाई सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा प्रथम बैंकको रुपमा मेगा बैंक , प्रथम क्रेता कम्पनीको रुपमा हामा कन्सट्रक्सन  र  प्रथम बिक्रेता कम्पनीको रुपमा बि एल  स्टील  रहेका छन् । 

‘क्वीक भुक्तानी’ युकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रम सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । आबद्ध बैंकहरुले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराँदछन्  भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्दछ । 

‘क्वीक भुक्तानी’ यस्तो अनलाईन प्लेटफर्र्म हो जसले बिभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता  (सप्लार्य) , ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ ।

 सप्लार्यले, यो प्लाटफर्र्र्र्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ । यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्र्पूण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ । 

हाल यस क्वीक भुक्तानी’ प्लेटफर्र्ममा लक्ष्मी बैंक र मेगा बैंक आबद्ध भएका छन् भने अन्य बैंकहरु पनि आबद्ध हुने प्रक्रियामा छन् । अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै सान्दर्विक  र लाभदायक हुने विश्वास एफवान सफ्टले लिइएको छ । 
 

प्रतिक्रिया दिनुहोस