aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
तीन करोड ५३ लाख २४ हजार ८ सय ३९ आईएमई दर्ता

अनाधिकृत मोबाइल एनटीएको ‘ग्रे’ र ‘रेट’ जोनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ चैत्र २०७६
अनाधिकृत मोबाइल एनटीएको ‘ग्रे’ र ‘रेट’ जोनमा

काठमाडौं । नेपाल दूर संचार प्राधिकरण (एनटीए) ले अबको १ महिनामा नेपालमा अनाधिकृत रुपमा भित्रिएका मोबाइल सेटहरू ‘ग्रे’ र ‘रेड’ जोनमा राख्ने भएको छ । एनटीएले यसरी अनाधिकृतमा ल्याइएका मोबाइल चलाउन नमिल्ने गरी ब्लक गर्ने नयाँ प्रणाली लागु गर्न लागेको छ । सो कार्य सम्पन्न गर्न एनटीएले मोवाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (आइएमई) लागू गर्दै छ ।

अबको १ महिनामा सञ्चालनमा आउने उक्त सिष्टमले पुराना अनाधिकृत रुपमा नेपाल भित्रिएका मोबाइललाई ‘ग्रे’ र ‘रेड’ जोनमा राखेर सोही अनुसारको प्रक्रिया अघि बढाउने छ भने नयाँ मोबाइल सेट सञ्चालनमा आउनु अघिनै अनिवार्य रुपमा आईएमई सिष्टममा दर्ता हुनुपर्ने छ । 
 

पछिल्लो समय राजश्व नतिरी ल्याइएका मोवाइल फोनहरूको कारोबार बढ्न थालेपछि एनटीएले यस्ता मोबाइल नचल्ने गरी ब्लक गने तयारी गरेको हो  । मोवाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (आइएमई) मार्फत अनाधिकृत रुपमा भित्रिएका मोबाइल सेटहरूमा रोक लगाउन लागिएको एनटीएका अध्यक्ष पुरुर्षोत्तम खनालले बताए । ‘एनटीएले सो सिष्टममार्फत अवैधानिक रुपमा नेपाल भित्रिएका मोबाइल प्रयोगमा कडाइ गर्न लागेको हो,’ उनले भने ‘अब मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइल आईएमईमा दर्ता गराउनु पर्छ ।’

‘उक्त सिष्टम हाल डेभलपरले तयार गरिरहेको छ,’ उनले थपे ‘केही समय पछि नै हामी परीक्षण गर्ने छौं । यद्यपि एनटीएले मोबाइलको आईएमई भने गरिनै रहेको छ । हुनत अहिले पनि एनटीएले आईएमई मार्फत नै मोबाइलको आईएमई दर्ता गराइरहेको छ । तर यो सिष्टम लागू भएपछि भने अनाधिकृत मोबाइल ब्लक नै गर्न सकिन्छ । अहिले त्यसो गर्न सक्ने सिष्टम एनटीएसँग छैन । 

‘आइएमई नभएका मोवाइहरू संचालनमा रह्दा विभिन्न समस्या आउनुका साथै राज्यले समेत केही प्राप्त गर्न नसक्ने देखिएपछि हामीले यस्तो प्रणालीमार्फत सेवा विस्तार गर्न लागेको एनटीएका प्रवक्ता मिन प्रसाद अर्यालले बताए । ‘यसरी दर्ता नगरी चलाइएका मोबाइल बढी जोखिममा हुन्छन्,’ उनले भने ‘केही गरी मोबाइल हरायो भने एकातिर भेटाउने सम्भावना एक दमकम हुन्छ भने अर्कोतिर  सरकारले मोबाइल आयातबाट प्राप्त गर्नुपर्ने राजस्व पाएको हुँदैन ।

आईएमई सिष्टम राख्नको लागि एनटीएले जग्गा खोजिरहेको छ । चावहिलमा एनटीएको जग्गा भएकोले त्यसैमा सिष्टमको राख्ने तयारी गरिरहेको छ । सिष्टमको हार्ड डिक्स समेत राख्नुपर्ने भएकोले जडानमा समस्या आएको हो । 

एनटीएका अनुसार मोबाइल फोनहरू आइएमई राख्दा मोवाइल मार्फत हुने गरेका नचाहिँदा क्रियाकलापहरू समेत रोकिन्छ । यस्तै, साइबर क्राइमजस्ता मोवाइलबाट  हुने अपराधिक गतिविधिहरूमा समेत कमी आउने प्रवक्ता अर्यालले बताए ।

के गर्छ आईएमईले ?

मुख्यतय भन्सार बाहिरबाट मोवाइल सेटहरू स्वदेश भित्र्याउँदा राजस्व नतिर्ने प्रवृतिको अन्त्य गर्न मोबाइल म्यानेजमेण्ट सिस्टमले सहयोग गर्छ । आगामी दिनमा नेपाल मोवाइहरू भित्र्याउँदा अनिवार्य आइएमई दर्ता चाहिन्छ । मोवाइलकर्ताले  आइएमई दर्ता नभएमा एनटीएले अबका दिनमा कारबाही प्रक्रिया अघि बढाउने छ । विस्तारै प्रणालीलागू भएपछि आइएमई दर्ता नभएमा मोबाइल सेटहरू एनटीएले ‘ग्रे’ र ‘रेट’ जोनमा राखेर ब्लक गर्दै जाने जनाएको छ । यस्ता मोबाइल सेटमा सिमकार्डले काम गर्न नसक्ने अर्थात फोन नलाग्ने बनाउने तयारी एनटीएको छ । 

अहिले मोबाइलको आइएमईको दर्ता गराउने संस्थाले ५ वर्षसम्म उक्त सिस्टम संचालनको जिम्मा समेत लिएको छ । सिम्टमको डिजाइन गर्ने, इन्स्ट गर्ने, मिसनीङ तथा अपरेशन गर्ने लगाएतका कामहरुमा सो संस्थालाई गर्ने जिम्मा दिइएको छ । उक्त काम गर्नको लागि मलेसियाको न्यूमेरा भन्ने संस्थाले काम गरिरहेको छ । न्यूमेराले आफ्नो काम समापन गरेपश्चात सो सिस्टम चावहिलमा रहने छ । सो कार्यका लागि लगभग ८० करोड रुपैयाँ खर्च लाग्ने एनटीएले बताएको छ । 

कति  भए आईएमई दर्ता 

एनटीएले आर्थिक वर्ष २०७२/७३ देखिनै मोबाइलको आईएमइ दर्ता गर्दै आईरहेको छ । हालसम्म एनटीमा तीन करोड ५३ लाख २४ हजार ८ सय ३९ आईएमई दर्ता भएका छन् । एनटीएका अनुुसार एउटा मोबाइल सेटमा दुई वटा सिम लाग्ने भएकोे आईएमई दर्ताको आधा एक करोड ७६ लाख ६२ हजार ४ सय १९ वटा मोबाइल सेट हुने अनुमान गरेको छ । गत बैशाखदेखि हालसम्म ८६ लाख ४४ हजार आईएमई दर्ता भएको छ । 
 

प्रतिक्रिया दिनुहोस