
काठमाडौं । ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओपो एफ १५ सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा पहिलो पटक आयोजित ओपोको अनलाइन लञ्च ईभेन्ट मार्फत फोन सार्वजनिक गरेको हो । ४८ एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन सहितको ओपो एफ१५ले ह्याण्डसेट मार्फत नै प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
एफ सिरिजको डिजाइन नै यूवा पूस्तालाई सुदृढ दृश्यानुभुति, गुणस्तर, टे«ण्डिनेस र जीवनमा सहजताको अनुभव प्रदान गर्न गरिएको हो । यसले गर्दा सुरुवाती दिनदेखि नै एफ सिरिजले निकै मायाँ पाउन सफल रहेको छ । ओपो एफ १५को आगमनले बजारको आवश्यकता दृष्टिगत गर्दै ट्रेण्डि डिजाइनमै अत्याधुनिक प्राविधिक विकास पस्कने एफ सिरिजको परम्परालाई निरन्तरता दिँदै नयाँ युगको सुरुवात भएको दावी छ ।
“ओपो एफ१५ले विभिन्न नवप्रबर्तन र ट्रेण्डि प्रविधिहरुको समायोजन मार्फत आफ्नो ह्याण्डसेटकै माध्यमबाट धेरैभन्दा धेरै काम गर्न सकियोस् भन्ने चाहना राख्ने यूवा पुस्तालाई अपिल गर्ने लक्ष्य राखेको छ ।
यूवा पुस्ता माझ हाम्रो एफ सिरिज सर्वाधिक लोकप्रिय सिरिजका रुपमा प्रमाणित भइसकेको छ । यही कारणले गर्दा सिरिज अन्तर्गत नयाँ उत्पादन भ्यिाउने निर्णय गरिएको हो । एफ सिरिज अन्तर्गतको यो नयाँ उत्पादनले प्रयोगकर्ता अनुभवमा थप सुधार ल्याउँदै अझ ब्यवसायिक (नजिक) देखिने तस्विर खिच्न सघाउँछ ।”, सार्वजनिक कार्यक्रममा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।
बजार उपलब्धता र मूल्य
मूल्य ३९ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको ओपो एफ१५ चैत्र १० गतेदेखि नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ फोन यूनिकर्ण ह्वाइट र लाईटनिङ ब्ल्याक गरि दूई आकर्षक रंग उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ ।
रेनोथ्री र एन्को फ्रि पनि सार्वजनिक
ओपो एफ१५ सार्वजनिकका लागि ओपोद्वारा आयोजित अनलाईन लञ्च कार्यक्रम मार्फत नै कम्पनीले रेनो सिरिज अन्तर्गत नयाँ स्मार्टफोन, ओपो रेनोथ्री र ओपो एन्को फ्रि पनि सार्वजनिक गरेको छ । ओपो रेनोथ्रीको मूल्य रु. ४६,९९० र ओपो एन्को फ्रिको मूल्य रु ९,९९० निर्धारण गरिएको छ । दूबै उत्पादन चैत्र ४ गते देखि नै बजारमा उपलब्ध हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए ।
प्रतिक्रिया दिनुहोस