aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
सात हजार एक सयमा अझै पुगेन्

नौ हजार चार सय ९४ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ चैत्र २०७६
नौ हजार चार सय ९४ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा

काठमाडौं । सरकारले देशभरका नौ हजार चार सय ९४ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याएको छ । यसै आर्थिक वर्षमा सम्पन्न गर्नेगरी अघि बढेको उक्त परियोजनामा कुल १६ हजार ६ सय १ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याउने लक्ष्य सहित राखिएको छ ।

१८ प्याकेजमध्ये १५ स्थानमा सम्झौता भएर कार्य सम्पादन अघि बढेको हो । सम्झौता भएका १५ प्याकेज एरियामा ११ वटामा इन्टरनेट जडान कार्य सम्पन्न भएको छ भने वाँकी चार प्याकेज क्षेत्रमा इन्टरनेट जडान कार्य अघि बढिरहेको नेपाल दूर सञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । 

देशका सम्पूर्ण स्थानीय तहको पाँच हजार नौ सय ५२ वडा कार्यालय, पाँच हजार पाँच सय ९७ सामुदायिक विद्यालय, चार हजार तीन सय ५१ सामुदायिक स्वास्थ्य केन्द्रका सो सेवा विस्तार गर्ने प्राधिकरणको योजना हो । सोही अनुरुप सम्झौता भएको प्याकेज क्षेत्रमा ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको उनले जानकारी दिए ।

अझ सात हजार एक सय ७ पकेट एरियामा इन्टरनेट सेवा जडान गर्न वाँकी छ । यहि आर्थिक वर्षमा सम्पन्न गर्नेगरी अघि बढाइएको उक्त परियोजनाको तीन पकेट एरियामा भने सम्झौता हुन वाँकी रहेको छ । कुल इन्टरनेट जडान गर्नुपर्ने एरियाकोभ भने ६१ प्रतिशत काम सम्पन्न भएको छ,’ उनले भने ‘यहि आर्थिक वर्षभित्र सक्ने हाम्रो योजना हो ।’ 

प्राधिकरणले नागरिकलाई प्रदान गरिने सेवा सुविधामा सहजीकरण गर्ने उद्देश्यका साथ तीब्र गतिको इन्टरनेट सेवा विस्तार गर्न थालनी गरेको हो । कार्यक्रमले आम नागरिकलाई सूचना प्रविधि प्रयोगको समान अवसर प्रदान गर्नेछ । ग्रामीण दूरसञ्चार कोषको रकम परिचालन गरि दुई वर्ष अघिबाट सुरु भएको यो परियोजना आर्थिक वर्ष २०७६/०७७ को अन्त्यसम्ममा करिब ८५ प्रतिशत सम्पन्न हुने अनुमान प्राधिकरणले गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस