
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले भिडभाड नगर्न गरेको निर्देशन अनुसार फोन पे उपहार योजना कमिटीले ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ उपहार योजना तत्कालका लागी स्थगित गरेको छ ।
स्वास्थ्यमा पर्ने जोखिमलाई मध्यनजर गर्दै दुबई भ्रमण ट्रिप जित्ने विजेतालाई समेत वर्तमान विकराल अवस्था नियन्त्रणमा आएपछि मात्र भ्रमण गराइनेछ । फोन पेले आज विज्ञप्ति प्रकाशित गरी आफ्ना अन्य सेवा तथा सुविधा निरन्तर रूपमा पूर्ण क्षमताका साथ जारी राख्ने जनाएको छ ।
फोन पे को जारी ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ योजना ११ हप्तासम्म सफल रूपमा सम्पन्न भएको छ । २ जनवरी २०२० देखि सुरू भएको यस उपहार योजनामा हालसम्म चार जनाले दुबई ट्रिप, २२ जनाले २५ हजार रूपैयाँ बराबरको स्मार्ट फोन, दैनिक उपहार योजना अन्तरगत ३ सय ८५ जना ग्राहकले शतप्रतिशत क्यासब्याक पाएका छन् भने ३ सय ८५ जना मर्चेन्टले आकर्षक उपहार प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस