
काठमाडौं, जेठ २ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको र एक जना सम्पर्कविहीन भएको पर्यटन मन्त्रालयले जनाएको छ।
मृत्यु हुनेहरू दुवै जना भारतीय नागरिक हुन्। मृत्यु भएका आरोहीहरू पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य हुन्। नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजंगङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जना पुगेको पर्यटन विभागले जनाएको छ। शिखरमा पुगेर फर्कँदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविरभन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको तथा करारको आरोहणकै क्रममा मृत्यु भएको बताइएको छ ।कञ्चनजङ्घालाई विश्वका अति जोखिमपूर्ण हिमालमध्ये एउटा मानिन्छ।
प्रतिक्रिया दिनुहोस