aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
कोरोना प्रभाव

शनिबारदेखि हायात होटल बन्द, अन्य भने आकस्मिक प्रयोजनका लागि खुला राखिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
शनिबारदेखि हायात होटल बन्द, अन्य भने आकस्मिक प्रयोजनका लागि खुला राखिने

काठमाडौं । कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि देशमा सञ्चालित साना ठूला होटल बन्द गर्ने अवस्थामा व्यवसायीहरू पुगेका छन् । यसै क्रममा पाँच तारे होटल हायात शनिबारदेखि बन्द हुँदैछ भने अन्य होटलले पनि विस्तारै आफ्नो सेवाहरूमा बन्द गर्दै लैजाने भएका छन् । कोरोना संक्रमणले होटल अकुपेन्सी छैन । अब तत्काल पर्यटक आउने सम्भावना समेत नभएकोले होटलहरु धमाधम बन्द गरिएको हो । हाल नेपालमा सञ्चालित होटलहरू १० प्रतिशतभन्दा पनि कम अकुपेन्सी छ । 

नेपाल होटल एसोसिएसन हानकी अध्यक्ष सिर्जना राणाले हामी होटलहरू बन्द गर्न गर्न नभने पनि होटल सञ्चालन गर्न सम्भव नभएको बताइन् । ‘हामी समय हेरिरहेका छौं,’ उनले भनिन् ‘अधिकांश जहाइसेवाहरू बन्द भइसकेको अवस्था छ ।’ यस्तो अवस्थामा होटल सञ्चालन गर्न सकिदैन । तर, हानले होटल नचलाउन भने भनेको छैन ।’ 

‘आज शुक्रबार बेलुका ५ बजे बैठक बस्दैछौं,’ उनले थपिन् ‘ समयाअनुकूलित निर्णय गछौं । जहाँसम्म होटल खुला गर्ने वा बन्द गर्ने सन्दर्भ छ त्यसको निर्णय भने सम्बन्धित होटल सञ्चालक समितिले गर्नेछ ।’ म मेरो होटल अन्नपूर्ण भने पुरै बन्द गर्दिन, थोरै स्टाफबाट चलाउने छु । होटल पुरै बन्द गर्न मिल्दैन । दुई/चार वटा कोठा खुला गरेर होटल खुला राख्ने मेरो योजना छ,’ उनले भनिन् । होटल अन्नपूर्णमा ३ सयभन्दा बढी कर्मचारी रहेका छन् । 

राणाले सो बताए पनि होटल हायात भने भोलि शनिबारदेखि बन्दै हुँदैछ । हायातले  ६ हप्ताको लागि होटल बन्द गर्ने निर्णय गरेका होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले बताए । हायात होटल अन्तर्राष्ट्रिय चेन होटल हो,’ उनले भने ‘होटलले अन्तर्राष्ट्रिय मान्यतालाई पनि फलो गर्नुपर्ने हुन्छ  । सोही अनुरुप हामीले कर्मचारीलाई डेढ महिनाको लागि छुट्टी दिएका हौं ।

उहाँहरूलाई होटलले बन्द अवधिको पनि सक्दो सेवा सुविधा भने उपलब्ध गराउने उनले बताए ।  होटल हायातमा ३ सय ६५ जना कर्मचारी कार्यरत छन् ।  सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि होटल व्यवसायी पनि यस्तो कदम चाल्न वाध्य भएका हुन् । कोरोनाको प्रभाव सबैभन्दा बढी होटल व्यवसायमा देखिएको छ । 

प्रतिक्रिया दिनुहोस