aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

अब इसेवाबाट जुनसुकै बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
अब इसेवाबाट जुनसुकै बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने

काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागी  लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर  गर्दा शुल्क नलाग्ने जनाएको हो । 

इसेवामार्फत इसेवा खातामै (पिटुपी ट्रान्स्फर ) गर्दा यस अघि नै निशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निशुल्क बनाइएको हो ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएका छौँ । यसले ग्राहकलाई थप सहज हुने र सेवा  सर्वसुलभ हुने अपेक्षा गरेका छौँ ।’ 

इसेवाले ग्राहकका लागी अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । 

इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुलभुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्कलगायतकादुई हजार भन्दा बढी सेवाहरूको शुल्कभुक्तानीगर्न सकिन्छ ।

इसेवामाहाल ४९ वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
 

प्रतिक्रिया दिनुहोस