
काम गर्न नसक्ने या काम गर्न नचाहनेलाई कोरोना एउटा बाहना बनेर आएको छ ? अब केहि महिना सम्म कोरोनाले राम्रै स्थान पाउने छ ? कोरोना नआएको भए उहिल्लै भैसक्थ्यो या कोरोनाको कारणले थप म्याद थपिएको छ आदि इत्यादि । मेलाम्ची,तामाकोसी ,थानकोट सुरुङ्ग मार्ग ,काठमाडौँ तराई द्रुत मार्ग ,भैरहवा एयरपोर्ट देखि पोखरा एयरपोर्ट सम्मले एउटा राम्रै बाहना पाउने छन् । कोरोनाले असर नपारेको क्षेत्र भेट्टाउन सायद सम्भव होला अबका दिनमा ।
करिब ३० बर्ष भन्दा बढी पर्यटन क्षेत्रमा बिताएको र यस क्षेत्रका उतार चढाव देखेको र भोगेको अधारमा कोरोनाले पर्यटन क्षेत्रलार्इ कति असर पार्छ भन्ने आँकलन गर्न खोज्दैछु ।
९० को दशकमा पंचायतको अन्त र बहुदलको आगमन भएपछि पर्यटन क्षेत्रले फट्को मार्ने अवसर पायो ? नेपाल आउन चाहने बिदेशीहरुले नेपाललार्इ विश्वास गरेका थिए ।तर त्यस बेला नेपालमा पर्यटनका पूर्वाधार पर्याप्त नभएका कारण पारखी पर्यटकले पहाडी बस्ति र प्राकृतिक कुमारीपनको स्वाद लिन ट्रेकिंगलार्इ रोजे र ट्रेकिंग व्यावसाय फस्टायो।
९० को उत्तार्द्धमा जब देशमा राजनैतिक संकट आयो नेपाल यात्राको लागि सुरक्षित छैन भन्ने कुराले प्राथमिकता पायो र पर्यटकको आगमनमा कमि आयो । बन्न थालेका पूर्वाधार बनेनन्, बनिसकेका कतिपय पनि खर्च धान्न नसकेर बन्द भए ।यो क्षेत्रमा लागेका कतिपय विदेशतिर पलायन पनि भए र तिनीहरु फर्किएर आएनन ।पर्यटन व्यावसाय लगभग आधार बिन्दुमै सिमित हुन् पुग्यो । तरपनि केहि आशावादी व्वसायीले यसको धुकधुकीलार्इ जोगाएर राखे ।
राजनैतिक संकटको अन्त भएर देश नया बाटोमा अघि बढेपछि पर्यटन क्षेत्रले पनि नयाँ उर्जा प्राप्त गर्यो र यो क्षेत्र फ़स्ताउन थाल्यो।क्रमिक सुधार हुदै गएको अवस्थामा महाभूकम्पको कारणले फेरी एकपल्ट यस क्षेत्रमा सन्नाटा छाउन पुग्यो । कयौ पूर्वाधार तहस नहस भए ,कयौ सम्पदाहरु ढले । यो प्राकृतिक विपदको असर करिब एकबर्ष रह्यो तर नेपाललार्इ माया गर्ने बिदेशी पर्यटक र विदेशी पर्यटन ब्यावसायीले यस व्यवसायलार्इ धरासायी हुन् दिएनन । एक बर्षको छोटो अवधिमै पहिलाको अवस्थामा आइपुग्न सफल भयो ।
महाभूकम्प पछिका यी ५ बर्ष पर्यटन क्षेत्रलार्इ केन्द्रमा राखेर धेरै पूर्वाधारहरु तयार भएका छन् र कतिपय तयारी अवस्थामा पुगेका पनि छन् ।
आन्तरिक अवस्था अति नै राम्रो र मजबूत रहेको छ ।अब देशको कुनै पनि कुनामा पर्यटकलार्इ लैजान पहिला जस्तो धेरै सोच्न पर्ने अवस्था छैन ।
तर २०२०को सुरुवातसंगै फैलिएको कोरोना प्रकोपका कारणले यो क्षेत्र फेरी एक पल्ट थला परेको छ । अहिले आन्तरिक र बाह्य दुवै अवस्था प्रतिकुल भएका छन् । पर्यटन गतिविधि सुन्यमा झरेको छ ।
अब पर्यटन क्षेत्रले कुन बाटो लिन्छ भन्ने कुरा आउन सक्छ ।यसमा मेरो व्यक्तिगत धारणा छ आन्तरिक रुपमा करिब ६ देखि ८ महिना भित्र पुनः पहिलाको अवस्थामा फर्कने आकलन गर्न सकिन्छ तर यस पल्ट बाह्य कारणहरु प्रमुख रहेकाले यसै भन्न सकिने अवस्था छैन ।अहिले हरेक देशमा पर्यटन गतिविधि सुन्य भएको छ ।आर्थिक गतिविधि तहस नहस भएको अवस्था छ ।यस्तो अवस्थामा तुरुन्तै मानिसहरु विदेश भ्रमणमा निक्लेलान जस्तो लाग्दैन । यो अवस्था पार गर्न केहि बर्ष लाग्न सक्छ ।त्यो बेला सम्म नेपालका पर्यटन ब्यावसायीले धैर्य गर्नु पर्ने या अन्तरिक पर्यटनमा जोड दिने बाहेकका विकल्प देखिदैन । टीडीआई शर्मा
प्रतिक्रिया दिनुहोस