aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

यती एयरलाइन्सले घटायो टिकटको मूल्य, कहाको भाडा कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ चैत्र २०७६
यती एयरलाइन्सले घटायो टिकटको मूल्य, कहाको भाडा कति ?

काठमाडौं । आन्तरिक उडानको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो उडानमा टिकटको मूल्य घटाएको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको प्रभावले काठमाडौँबाहिर जाने यात्रुको सहजताका लागि विभिन्न गन्तव्यको टिकटको मूल्य सस्तो बनाइएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको हो । यतीले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराका लागि हवाई टिकटको मूल्य घटाएको छ ।

नयाँ भाडादरअनुरुप यतीले भद्रपुर गन्तव्यका लागि  ६ हजार २०० रुपैयाँ नयाँ टिकट दर कायम गरेको छ । यसअघि कम्पनीले यो गन्तव्यमा  नौ हजार रुपैयाँ भाडा लिन्थ्यो । विराटनगरमा साधारण रु सात हजार ४५० रहेकामा अहिले घटाएर पाँच हजार ५०० रुपैयाँ बनाइएको छ । त्यस्तै भैरहवाको पहिला  छ हजार १०० रुपैयाँ रहेकामा अहिले चार हजार ९००, रुपैयाँ नेपालगञ्जमा पहिला  नौ हजार ८५० रुपैयाँ रहेकामा अहिले रु छ हजार ३०० रुपैयाँ र पोखरामा साधारण  पाँच हजार रुपैयाँबाट घटाएर  तीन हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

उल्लिखित गन्तव्यबाहेक पनि न्यूनतम मूल्यका टिकटहरु खरिद प्राथमिकताका आधारमा उपलब्ध रहिरहने कम्पनीले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वायु सेवा  सञ्चालक सङ्घ र सर्वसाधरणको अनुरोधमा लामो दूरीका सवारीसाधन सञ्चालनमा नआउँदासम्मका लागि टिकटको मूल्य सस्तो बनाइएको र यो भाडादर सोमबारदेखि लागू हुने विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस