aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बाहुबली सिमेन्टद्धारा स्यानीटाइजर र मास्क वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
बाहुबली सिमेन्टद्धारा स्यानीटाइजर र मास्क वितरण

काठमाडौं । बाहुबली सिमेण्टको उत्पादक बालाजी सिमेण्ट इण्डष्ट्रिजले कोरोना कोभिड १९ बाट बच्नका लागि हातधुन स्यानीटाइजर र नाक मुख ढाक्न मास्क वितरण गरेको छ ।  प्रत्येक दिन २००० टन सम्म सिमेण्ट उत्पादन गरी देशभर रहेको आफ्नो बलियो बिक्री सन्जाल मार्फत् सिमेण्ट आपूर्ति गर्दै आएको छ । हाल विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरस–कोभिड १९ संक्रमण हुनबाट जोगिन विश्वभर नाक मुख मास्कले ढाक्ने र हातधुने एभरेस्ट प्यारेन्टरल्स्को सहकार्यमा  अभियान सञ्चालन गरेको हो । 

कम्पनीले पनि कोरोना भाइरस फैलिन नदिन आम नागरिकहरुलाई हातधुन स्यानीटाइजर र नाकमुख ढाक्न मास्कवितरण गर्ने कार्य अघि बढाएको छ । उक्त वितरण कार्य काठमाडौं उपत्यकाभित्रका धेरै भिडभाड हुने विभिन्न स्थानहरुमा गरिएका छन् ।

“हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भैरहेको यस घडीमा यहाँकानागरिकहरुलाई सीमित संख्यामै भएपनिमास्क र स्यानीटाइजर वितरण गरेर उनीहरुको स्वास्थ्य सुरक्षितबनाउन सकौं । वास्तवमाभन्ने हो भनें देशको एक उद्या्ेग भएको नाताले यो हाम्रो सामाजिकदायित्वपनिहो, देशलाई परेको बेलामा साथ दिन हामी कहिल्यै पछि पर्ने छैनौ ।”बालाजीसिमेण्ट इण्डष्ट्रिजका  प्रवन्ध निर्देशक गौरव गाडियाले भने ।

हाल काठमाडौं उपत्यकामावितरण गरिए पनियदिआवश्यक परेमा यो अभियानलाई देशैभर फैलाउने लक्ष्यकम्पनीले लिएको छ  । बालाजीसिमेण्ट इण्डष्ट्रिज कारखाना चन्द्रौटा, कपिलवस्तुमा रहेको छ ।

कारखानाले प्रत्येक दिन २००० टनसम्म सिमेण्ट उत्पादन गर्ने क्षमता रहेको कम्पनीले दावी गरेको छ ।  कम्पनीले अत्याधुनिक प्रविधि भिआरएम प्रविधिको प्रयोग गरेर सिमेण्ट उत्पादन गर्ने गरेको छ । बालाजी सिमेण्टको उत्पादन बाहुबली सिमेण्ट ओपिसि, पिपिसि र पिएससि गरी ३ प्रकारका पाइने कम्पनीले बताएको छ ।  विविधतामा पाइन्छ, जसको मागउपभोक्ताहरुमाझअधिक रहँदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस