aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

महाविर पुनले पीपीई ड्रेस बनाउने, टेलरलाई सम्पर्क गर्न आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
महाविर पुनले पीपीई ड्रेस बनाउने, टेलरलाई सम्पर्क गर्न आग्रह

काठमाडौं । वैज्ञानिक डा. महाविर पुनले डाक्टरहरुले कोरोनाको बिरामी जांच गर्दा लगाउने ड्रेसलाई पीपीई (Personal Protective Equipment)  निर्माणका लागि टेलरलाई सम्पर्क गर्न अनुरोध गरेका छन् । पीपीई नलगाई डक्टरले विरामी जाँच गर्न नसक्ने भएकाले राष्ट्रिय आविष्कार केन्द्र्रले पीपीई ड्रेसको डिजाइन निर्माण हुँदै गरेकाले उक्त ड्रेसको सिलाईका लागि टेलरिंग सञ्चालकले तुसम्पर्क गर्न पुनले आफ्नो फेसबुकमा स्टाटस राखेका छन् । 

त्यसैले टिचिंग अस्पताल काठमाडौँ र बि.पी. अस्पताल र धरानबाट ड्रेस बनाउने अडर  राष्ट्रिय आविष्कार केन्द्रलाई आएको उनले आफ्नो फेसबुकमा राखेका छन । त्यो ड्रेसको डिजाईन आविष्कार केन्द्रमा बन्दै गरेको उनले जानकारी दिएका छन । उनले  करिब ४०० वटा ड्रेस बनाउन सकिने र उक्र  ड्रेस बनाउन आवश्यक पर्ने सामान पनि भर्खरै उपलब्ध भइसकेको उनले जनाएका छन ।  सो ड्रेसको डिजाइन र सो ड्रेस बनाउने सामान उपलब्ध गराइने छ। अनि टेलरको ज्याला पनि उपलब्ध हुने छ । 

प्रतिक्रिया दिनुहोस