
काठमाडौं । गोयल फाउण्डेसनले कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सहयोग गरेको छ । फाउण्डेसनले सिफलमा रहेको ९ कोठाको भवन आइसोलेसनका लागि छुट्याएको र दुई जना आइसोलेसनमा बसेर विदा भएको गोयल ग्रुपका प्रवन्ध निर्देशक चिराग गोयलले बताए ।
फाउण्डेसनले सेनिटाइजर र मास्क वितरण गरेको गोयलले बताए । हजुर बुबा ओम प्रकाश गोयलको स्मृतिमा स्थापना गरिएको गोयल फाउण्डेसनले यस्तै समाजिक काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस