
काठमाडौं । चितवनको भरतपुरस्थित विषेश अस्पतालमा आइसोलेसनमा कोरोना उपचार गराइरहेका युवकको मृत्यु भएकाे छ । उनको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको खुलासा भएको छ ।
वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको मृत्युको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको टेकु प्रयोगशाला श्रोतले बताएको हो ।
यादवको उपचारका क्रममा ज्यान गएको भरतपुर कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ । यादवको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि टेकु ल्याइएको थियो ।
पहिलेदेखि नै लुपुस भन्ने रोग लागेका यादवका मिर्गौला समेत कमजोर रहेको र निमोनिया र ज्वरो आएपछि चैत ९ गते अस्पतालमा भर्ना गरिएका यादवलाई आइसोलेसनमा राखी उपचार गरिदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस