
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले विश्वभर झण्डै १९ हजारको ज्यान लिइसकेको छ । वल्डो मिटर डट इन्फोका अनुसार बिहिवार विहानसम्म १८ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ भने ४ लाख २२ हजार ६१४ जना संक्रमित भएका छन् । त्यस्तै १ लाख ८ हजार ८७९ जना सन्चो भएर घर फर्किसकेका छन् ।
पछिल्लो समय युरोपमा अनियन्त्रीत देखिएको कोरोनाको प्रभाव अमेरिकामा पनि बढ्दो क्रममा छ। वितेको २४ घण्टामा इटलीमा थप ७ सय ४३ जनाले ज्यान गुमाएपछि, कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २० पुगेको छ ।
वितेको २४ घण्टामा स्पेनमा थप ६ सय ८०, फ्रान्समा २ सय ४० जनाले ज्यान गुमाउँदा, बेलायतमा अहिले सम्मकै बढी एकै दिन ८७ जनाको ज्यान गएको छ । यो संगै बेलायतमा कोरोनका कारण ज्यान गुमाउनेको संख्या ४ सय २२ पुगेको छ । त्यस्तै वितेको २४ घण्टामा नेदरल्याण्डस्मा थप ६३, जर्मनीमा, ३६ र बेल्जीयममा ३४ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस