aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

अब रिचार्ज गर्दा शतप्रतिशत बोनस र २ सयसम्म सापटी लिन पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
अब रिचार्ज गर्दा शतप्रतिशत बोनस र २ सयसम्म सापटी लिन पाइने

काठमाडौं । कोरोना भाइरस कोभिड १९ का कारण फैलिएको महामारीलाई रोकथाम गर्न सरकारले लगडाउन गरेपछि विभिन्न क्षेत्रले सेवा सार्वजनिक गर्ने क्रम जारी छ । त्यस्तै मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई भने नेपाल दूरसञ्चार प्राधिकरण ( नियामक निकाय)ले नै निर्देशन जारी गर्दै मोबाइल सेवा प्रदायक कम्पनीले दिने रिचार्जमा बोनस र सापटी सेवा दायरा वृद्धि गर्न भनेको छ ।  मोबाइल् प्रदायक कम्पनीहरुले दुई सय रुपैयाँसम्म सापटी दिने प्राधिकरणले भनेको  छ।   नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँसम्म सापटी दिनका लागि निर्देशन जारी गरेका छौं यसको पालना भए नभएको अनुगमन आजबाट शुरु गर्छौ प्राधिकरणमा प्रवक्ता मिनप्रसाद अर्यालले भने । 

हालसम्म त्यस्तो सापटीको सिमा जम्मा ४० रुपैयाँ मात्रै थियो । त्यस्तै, रिचार्ज गर्दा शतप्रतिशत बोनस समेत पाइने भएको छ । नेपाल दुर सञ्चार प्राधिकरणको मंगलबार बसेको सञ्चालक समिति बैठकले बुधबारबाट लागु हुने गरि नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमलाई रिचार्जमा शतप्रतिशत बोनस र २ सय रुपैयाँसम्म सापटी सेवा उपलब्ध गराउन निर्देशन दिएको हो । प्राधिकरणले आगामी एक महिनाका लागि लागू हुने गरि सापटी र बोनसको व्यवस्था कार्यान्वयन गर्न भनेको प्राधिकारण बताएको छ । मंगलबार अनलाइन मार्फत प्राधिकरण सञ्चालक समितिको बैंठकले उक्ता निर्णय गरेको प्रवक्ता अर्यालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस