aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कोरोना विरुद्ध लड्न मेस्सीले दिए एक मिलियन युरो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
कोरोना विरुद्ध लड्न मेस्सीले दिए एक मिलियन युरो

काठमाडौं । महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका फुटबलर लिओनल मेस्सीले आर्थिक सहयोग प्रदान गरेका छन् । बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोनास्थित सहर र आफ्नो देश अर्जेन्टिनास्थित रोजारियो सहरका लागि बाँडेर खर्च गर्ने गरी १ मिलियन युरो सहयोग गरेका हुन् ।

जसमा मेस्सीले प्रदान गरको सहयोग रकम बार्सिलोनामा रहेको हस्पिटल क्लिनिक र अर्जेन्टिनास्थित उनको गृह नगर रोजारियोमा रहेको हस्पिटलले आधा आधा रकम खर्च गर्नेछन् ।

बार्सिलोनास्थित हस्पिटलले आफ्नो सामाजिक सन्जालमार्फत् मेस्सीले सहयोग गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस