
काठमाडौं । कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन सरकारले मङ्गलबारदेखि लक डाउन गरेपछि देशै भरीको जनजिवन सुनसान भएको छ । लकडाउनका कारण सर्वसाधारणको दैनिकी फेरिएको छ भने बजार र सडक सुनसान देखिएका छन् ।
वीरगन्ज बजारका सडक बारुणयन्त्रको सहयोगले सफाइ गरिँदै ।
सरकारले ‘लक डाउन’ गरेपछि मङ्गलबार सुनसान देखिएको डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजार ।
नेपाल सरकारले मंगलबारबाट गरिएको लकडाउन पछि पृथ्वी राजमार्गको सुनसान मलेखु वजार क्षेत्र ।
लकडाउन गरेपछि सुनसान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ।
सरकारले मङ्गलबारदेखि लगाएको लकडाउनले झापाको दमक चौकको दृश्य ।
सीमावर्ती शहर भैरहवा सुनसान छ । बिहानैदेखि भिडभाड हुने यहाँको मुख्य बजारहरु बैंकरोड, नारयणस्थान, हाटबजार, देवकोटाचोक, मिलनचोक, गल्लामन्डि, एअरपोर्ट क्षेत्र पुरै सुनसान छ । तस्बिर:रासस
प्रतिक्रिया दिनुहोस