aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

टेलिफोनको विल नतिर्नुभएको भएपनि जरिवना लाग्दैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
टेलिफोनको विल नतिर्नुभएको भएपनि जरिवना लाग्दैन

काठमाडौं । कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकार लगडानका कारण नेपाल टेलिकमले आफ्ना ग्राहकलाई विल भुक्तानीमा सहज बनाएको छ ।  

नेपाल टेलिकमले पूर्ण लकडाउन मार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकवर्गलाई निरन्तर उपलब्ध गराउन यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप गर्ने निर्णय भएको नेपाल टेलिकमले जनाएको छ । 

 त्यस्तै,  कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस