aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

टेलिकमको मोबाइलमा रिचार्ज गर्दा १०० प्रतिशत बोनस, १००० वोनस ६ दिनभित्र खपत गरिसक्नु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
टेलिकमको मोबाइलमा रिचार्ज गर्दा १०० प्रतिशत बोनस, १०००  वोनस ६ दिनभित्र खपत गरिसक्नु

काठमाडौं । कोरोना भाइरस (कोभिड) १९ का रोकथामका लागि सरकारले 'लगडाउन'को  घोषणा गरेसँगै विभिन्न कर्पोरेट हाउसहरुले सुविधा सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा नेपाल टेलिकमले रिचार्ज कार्डमा सतप्रतिशत बोनसको घोषणा गरेको छ । 

बुधबार बसेको टेलिकम सञ्चालक समितिको बैंठकले रिचार्ज कार्ड र पोस मेसिनबाट रिचार्ज गर्दा १०० प्रतिशत बोनस पाइने ब्यबस्था गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । टेलिकमले सापटी भने प्रविधिक रुपमा समस्या आएकाले उपलब्ध गरान नसक्ने भएको उनले जानकारी गराए । 

कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले चैत्र ११ देखि १८ सम्म पूर्ण लकडाउन घोषणा गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन उक्त सेवाको रिचार्जमा शत प्रतिशत वोनसको व्यवस्था गरेको छ । सो व्यवस्था यही २०७६ चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुने कम्पनीले जनाएको छ । 

वोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको जिएसएम तथा सिडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । यसरी प्राप्त गरेको वोनस रकमबाट पे एस यू गो (प्याकेज बाहेकको दररेट) अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिने छ । तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन सकिने छैन । 

रिचार्ज कार्ड प्रयोग गरी रु. ५० र रु. १०० को रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने रु. २०० र रु. ५०० को रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्ने सर्त रहको छ । त्यसैगरी रु. १००० को रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ । 

एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत रु. १० देखि रु. ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ । साथै रु. १०० देखि रु. ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ । यसैगरी रु. ५०० देखि रु. ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने रु. १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस