काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भएका व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार नियमित पत्रकार सम्मेलन गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिए ।
ती युवक काठमाडौं आएपछि होटलमा बसेका र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका स्वास्थ्यमन्त्री ढकालले जनाएका छन् ।
उनका अनुसार संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको रिपोर्टमा पोजेटिभ देखिएको हो ।
उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस