
काठमाडौं । कोरोना भाइरसको संक्रमण भएका बिरामीलाई टेकुमा चेकजाँच गरेर पष्टि भएपछि पाटन पठाइने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री ढकालले कोरोनाको परिक्षण र निक्र्यो गर्नेसम्म टेकुले गर्ने र कोरोना लागेको थाहा भएमा पाटन अस्पतालमा रेफर गरिने बताएका हुन् ।
साथै चीनसंग माग गरिएको सामाग्री पनि आजै छलफल गरेर तीन दिन भित्रमा काठमाडौं ल्याइने बताएका छन् । काठमाडौमा सामाग्री आउने साथ तत्कालै प्रभावित क्षेत्रमा पुर्याउने स्वास्थ्यमन्त्री ढकालले प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस