aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

राधा माधव समितिद्वारा कोराना कोषमा १५ लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ चैत्र २०७६
राधा माधव समितिद्वारा कोराना कोषमा १५ लाख सहयोग

काठमाडौं । राधा माधव समिति नेपालले नेपाल सरकारद्वारा आव्वहान गरिएको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार अभियानलाई सघाउन  १५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।  उक्त सहयोग रकम  राधा माधव समिति नेपालद्वारा नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैकमा खोलेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको खातामा जम्मा गरिएको संस्थाले जनाएको छ  । 

राधा माधव समिति नेपाल , विद्वत समाज नेपाल र डिभाईन युथ क्लव नेपालद्वारा कोरोनाको संत्रास शुरु हुनासाथ मुलुकभरका सयौं विद्यालय ,मठमन्दिर, वृद्वाश्रम लगायत बढी भिड हुने स्थानहरुमा कोरोना रोकथाम सम्वन्धी  प्रयोगात्मक संचेतना कार्यक्रम संचालन गरेको थियो ।    
 

प्रतिक्रिया दिनुहोस