aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कोरोना भाइरस जुत्ताको सोलमा पनि ५ दिनसम्म सक्रिय रहन्छः विशेषज्ञ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ चैत्र २०७६
कोरोना भाइरस जुत्ताको सोलमा पनि ५ दिनसम्म सक्रिय रहन्छः विशेषज्ञ

काठमाडौं । विश्वभर महामारी झै फैलिएको कोरोना भाइरस (कोभिड १९) ले विश्वभर २४ हजार भन्दा धेरैको ज्यान लिइसकेको छ । वल्डो मिटर डट इन्फोका अनुसार शुक्रबार विहानसम्म २४ हजार ८७ जनाको मृत्यु भएको छ भने ५ लाख ३२ हजार २२४ जना संक्रमित भएका छन् । त्यस्तै १ लाख २४ हजार ३३६ जना सन्चो भएर घर फर्किसकेका छन् ।

नेपालमा पनि कोरोनाको संक्रमितको संख्या तीन पुगेको छ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपालमा अहिले लकडाउन गरिएको छ ।

सरुवा रोग विशेषज्ञहरुले जुत्ताको सोलबाट पनि कोरोना भाइरस सर्ने जोखिम रहेको बताएका छन् । मानिसले लगाउने जुत्तको सोलमा उक्त भाइरस ५ दिनसम्म सक्रिय हुने जनाएका छन् । सुपरमार्केट, एयरपोर्ट, सार्वजनिक याताया लगायतका भिडभाड हुने ठाउँमा लगाएर गएको जुत्ताबाट कोरोना भाइरस संक्रमण फैलिन सक्ने उनीहरुको भनाई छ । 

मानिसले लगाउने जुत्ता विशेष गरी लेदर, पीभीसी, रबर, प्लास्टिक लगायतबाट बनेको हुन्छ जसमा भाइरस, ब्याक्टेरिया जिवित रहने प्रवल सम्भावना रहेको हुन्छ । मिसोरी हेल्थ एडभाइजर डा मेरी ई। का अनुसार कोरोना भाइरस सिन्थेटिकबाट बनेको जुत्तामा ५ दिनसम्म सक्रिय रहने गर्छ भने प्लास्टिकबाट बनेको जुत्तामा १ देखि २ दिन सक्रिय रहन्छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफुले लगाउने जुत्ता घर बाहिर नै खोल्न चिकित्सकहरुले सल्लाह दिएका छन् । त्यस्तै घर बाहिर निस्किएर काम गर्नेहरुले दिनभरी एउटै जुत्ता लगाउन सुझाएका छन् । जुत्ता फेरिरहँदा समेत भाइरस सर्ने सम्भावना रहने चिकित्सकहरुले बताएका छन् । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस