
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको मूल भवन भन्दा छुट्टै १५ शैय्याको कोभिड १९- आइसोलेट बेड बिहीबारदेखि संचालनमा ल्याएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले आधुनिक उपकरणहरुले सुसज्जित १५ शैयाको कोभिड आइसोलेसन वार्ड संचालनमा ल्याएको छ ।
हस्पिटलका अध्यक्ष बसन्त चौधरीले बिहीबार एक ट्वीटमार्फत यस्तो जानकारी दिएका छन। यसअघि सरकारदारा स्थापितकोरोना संक्रमण रोकथाम कोषमा नर्भिक इन्टरनेशनल हस्पिटल र बसन्त चौधरी फाउण्डेसनले १ करोड रुपैयाँ बराबरको सहयोग घोषणा गरेका थिए । नर्भिकको तर्फबाट ५० लाख रुपैयाँ बराबरको मेडिकल उपकरण उपलब्ध गराउने घोषणा गरिएको थियो भने ५० लाख रुपैयाँ रकम फाउण्डेसनको तर्फबाट उपलब्ध गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस