aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

विश्वका दुई बादशाहलाई झुकाए कोरोनाभाइरसले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ चैत्र २०७६
विश्वका दुई बादशाहलाई झुकाए कोरोनाभाइरसले

एजेन्सी । एक अर्काका कटुआलोचन गरिरहेका दुई शाक्तिराष्ट्रका राष्ट्रप्रमुखबिच टेलिफोन वार्ता भएको छ ।

यसअघि आर्थिक युद्ध, कोल्ड वार गरिरहेका राष्ट्रपतिहरुबीच कोरोनाभाइरस (काभिड–१९)ले एक आपसमा एकठाउँमा उभिन बाध्य पारिदिएको छ ।

अमेरिकामा चीनमा भन्दा धेरै सँख्यामा अमेरिकी नागरिकहरुमा कोरोनाभाइरस (काभिड–१९)को संक्रमण पछि सहकार्याको निम्ति उनिहरु एक ठाउँमा उभिन खोजेका छन् ।

यसैको पहिलो प्रयास स्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन वार्ता भएको हाे । टेलिफोन वार्तापछि यसअघि कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्दै आएका ट्रम्पको बोलीसमेत फेरिएको छ ।

अमेरिकी समयअनुसार बिहीबार बेलुका भएको फोन वार्तामा राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीच कोरोना भाइरस महामारी नियन्त्रणबारे कुराकानी भएको थियो ।

वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भने  ‘भर्खर चीनको राष्ट्रपति शी संग एक धेरै राम्रो कुराकानी सम्पन्न भयो । कोरोनाभाइरसको बारेमा विस्तृत छलफल गरियो जस्ले हाम्रो पृथ्वीको विशाल भागहरू नष्ट गर्दैछ । चीनले धेरै कुरा भाइरसबारे राम्रोसँग बुझेको छ । हामी सँगसँगै काम गरिरहेका छौं । धेरै सम्मान ’

Just finished a very good conversation with President Xi of China. Discussed in great detail the CoronaVirus that is ravaging large parts of our Planet. China has been through much & has developed a strong understanding of the Virus. We are working closely together. Much respect!

— Donald J. Trump (@realDonaldTrump) March 27, 2020

ट्रम्पको यो अभिव्यक्तिलाई कूटनीतिक आलोचकहरूले चीनसँग सम्बन्ध सुधारको प्रयास भनेका छन् ।

कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस विश्वको साझा शत्रु भएकाले यससँग लड्न अन्तर्राष्ट्रिय पहल मजबुत बनाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस