
काठमाडौं । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ४ पुगेको छ । धनगढी अस्पतालमा उपचार गराएरहेका एक युवकमा कोरोनाको संक्रमण भएको पुष्टि भएको आज फेसबुक लाइभबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन ।
धनगढीमा कोरोना संक्रमित देखिएका उक्त ३४ वर्षीय युवक दुबईबाट आएका हुन् ।
चैत ११ गते अस्पताल भर्ना भएका उक्त युवकको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा सङ्क्रमण भएको प्रवक्ता देवकोटाले बताए ।
प्रतिक्रिया दिनुहोस