aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

के मलेरिया भएका देशमा कम फैलिएको हो कोरोना ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ चैत्र २०७६
के मलेरिया भएका देशमा कम फैलिएको हो कोरोना ?

कोरोना भाइरस विरुद्धको औषधी निर्माणमा सफलता प्राप्त हुनै लागेको छ । एन्टी मलेरिया र बाथ रोगका बिरामीको उपचारमा प्रयोग हुने औषधी (हाइड्रोक्सिक्लोरोक्यूइन र क्लोरोक्यूइन) कोभिड १९ का संक्रमितहरुलाई लाभकारी हुने भनिएको छ ।  अबको केहि दिन मै कोरोना विरुद्धको खोप बजारमा आउने लगाएतका हल्ला र समाचारहरु सार्वजनिक भइरहेका छन् । 

तर के अनुसन्धानकर्ताहरुले यो औषधीलाई आधिकारीकरुपमा कोरोना विरुद्धको उपचारमा प्रयोग गर्न सिफारिस गरेका छन् ? अहिलेसम्म विश्व स्वास्थ्य संगठन लगायत कुनै पनि आधिकारीक निकायहरुले यस्तो सिफारिस गरेका छैनन् । त्यसो त कतै कुनै औषधीले काम गरि पो हाल्छ की भनेर विश्वव्यापीरुपमा अनेकौँ प्रयोगहरु चाँहि जारी छन् । 

हाम्रै छिमेकी मुलुक भारतमा एचआइभी एड्सका संक्रमितहरुलाई दिइने गरेको औषधि कतिपय चिकित्सकहरुले कोरोना विरुद्ध प्रयोग गरिरहेको भन्ने समाचार पनि आइरहेका छन् । तर त्यो प्रयोगको प्रभावकारिता पनि पुष्टि भइसकेको छैन । 

अमेरिकी राष्ट्रपति डोानाल्डो ट्रम्पले कोरोना विरुद्ध प्रभावकारी हुने भन्दै विभिन्न औषधीको नाम पटक पटक दोहोर्याएका कारण सो कुरा पत्याउँदा दुर्घटना समेत भईसकेका छ । अमेरिकाकै एक बृद्ध जोडिले ट्रम्पले सुझाएका औषधी आफु खुशी सेवन गर्दा श्रीमानको मृत्यु भइसकेको छ भने श्रीमती सिकिस्त अबस्थामा उपचार भइरहेको छ । त्यसैले सञ्चारमाध्यमका समाचारमा उल्लेख भएका कुरा कति सत्य र कति अतिरञ्जित भन्ने ध्यानमा नराखी कुनै औषधीको अनधिकृत प्रयोगले जोखिम निम्त्याउने देखिन्छ । 

तथापी तंथ्याकंहरुले के चाँहि देखाएको छ भने विगतमा जुन मुलुकहरुमा मलेरियाको व्यापक फैलावट थियो ती मुलुकहरुमा तुलनात्मकरुपमा कोरोना भाइरसको फैलावट कम रफ्तारमा देखिएको छ ।

के त्यसो भए मलेरिया विरुद्धको इम्यूनिटी पावर (प्रतिरक्षा शक्ति) विकास गरेका मानिसहरुलाई कोरोनाले सजिलै छुन नसकेको हो ? स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरुको ध्यान अहिले त्यतातिर केन्द्रित भएको छ । 

सञ्चार माध्यमहरुमा देखिएका हौँवा र अतिरञ्जित खालका समाचारहरु पुर्णतया आधारहिन चाँहि होईनन् । तिनीहरुका केहि आधारहरु चीनमा भएका केहि अनुसन्धानमा आधारित छन् । मलेरिया विरुद्धको औषधि कोभिड १९ का बिरामीहरुको लागि उपयोगी हुनसक्छ भन्ने कुरा चीनबाट नै सार्वजनिक भएको हो । त्यहाँका कतिपय अध्यनहरुले सार्सको विरुद्धसमेत यी औषधीहरु प्रभावकारुी भएका भन्दै अनुसन्धानमुलक लेखहरु सार्वजनिक गरिरहेका छन् । 

विश्वमा मलेरियाको महामारी फैलिएका दक्षिणी ध्रुवका धेरै मुलुकहरुमा अहिले पनि कोरोना संक्रमण कम देखिएको छ । 
भौगोलिकरुपमा दक्षिणी ध्रुवमा रहेपनि अष्ट्रेलियामा मलेरियाको प्रकोप देखिएको थिएन् । जबकी कोरोनाले भने शुक्रबारसम्ममा ३ हजार १ सय ८० जना संक्रमित भेटिसकेका छन् । उता मलेरियाले निकै आक्रान्त पारेको अफ्रिकामा भने तुलनात्मकरुपमा कोरोनाको संक्रमणमा त्यति अगाडि छैन । जबकी अमेरिकामा अहिले एक लाख भन्दा बढि संक्रमित पुगिसकेका छन् ।

चीन एसियाको त्यो मुलुक हो जसमा मलेरियाको संक्रमण देखिएको थिएन तर कोरोनाले भने त्यसलाई नराम्ररी गाज्यो । इटाली, स्पेन, जर्मन, फ्रान्स, बेलाएत, स्वीजरल्याण्ड, नेदरल्याण्ड, अष्ट्रिया, बेल्जियम, पोर्चुगल, क्यानडा, नर्बे यी सबै देशहरु अहिले कोरोनाको संक्रमण अत्याधिक भएका मुलुक हुन् । जुन देशहरुमा मलेरिया देखिएको थिएन् । 

यसरी हेर्दा के देखिन्छ भने जहाँ मलेरियाको संक्रमण बढि भएकाले त्यसको विरुद्ध खोप दिईएको थियो ती ठाउँहरुमा कोरोनाको संक्रमण त्यति ठुलो मात्रामा छैन । यसले थप के पुष्टि गर्ने आधार बनाएको छ भने मलेरिया विरुद्धको औषधी कोरोनाका लागि उपयोगि बन्न सक्छ । त्यसम थप केहि अनुसन्धानको पनि जरुरि छ । अहिले नै आधिकारीकरुपमा त्यसको प्रयोग गर्नु घातक हुन सक्छ । 
 

प्रतिक्रिया दिनुहोस