
पेरिस । कोरोना भाइरसले फ्रान्सको एसोन क्षेत्रमा बस्ने जुली नाम गरेकी १६ वर्षीया एक किशोरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट सबैभन्दा कम उमेरमा मृत्यु हुने उनी पहिलो फ्रान्सेली नागरिक हुन् ।
कोरोना संक्रमणबाट सबैभन्दा कम उमेरमा मृत्यु हुने उनी पहिलो फ्रान्सेली नागरिक भएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् । सामान्य खोकी लागेर अस्पताल भर्ना भएकी उनी यस अधि कुनै गम्भिर प्रकारका रोगबाट ग्रसित नभएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस