aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
टिप्पणी

क्वारेन्टाइनमा खटिनेको सुरक्षाबारे किन यस्तो लापरवाही ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ चैत्र २०७६
क्वारेन्टाइनमा खटिनेको सुरक्षाबारे किन यस्तो लापरवाही ?

नेपालमा चौथो कोरोना संक्रमितको रुपमा शुक्रवार उपत्यका बाहिर एक ३४ बर्षिय युवक धनगढिमा फेला परे पछि एउटा गम्भिर प्रश्न उव्जिएको छ । के नेपालका गाउँगााउँमा संक्रमण फैलिसकेको हो ? वा अहिले नै आत्तिहाल्नु पर्ने अवस्था छैन । 

नेपाल सरकारले गरेका निर्णय हेर्दा आत्तिनै पर्ने अवस्था छैन । तर के ति निर्णयहरु वास्तविकरुपमा कार्यन्वयनमा छन् ? देशका विभिन्न भागहरुबाट आएका मिडिया रिपोर्टहरु हेर्दा कथनी र करनीमा मेल खाएको छैन । जनपुरको क्षेत्रिय अस्पताल अगाडि बिरामी छट्पटाईरहेको र आफन्त रुदै गरेको भिडियो र तस्बिरले सरकारको “ढुक्क रहनुस्” को खिल्लि उडाईरहेको छ ।

कोरोना भाइरस (कोभिड १९) सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यावस्थापन गर्न बनेको मापदण्ड २०७६ मा अरु सबै कुराको व्यावस्थापन विधि उल्लेख गरिएको छ । तर क्वारेन्टाइनमा खटिने व्यक्तिहरुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे भने कहि कतै केहि उल्लेख छैन । जबकी त्यस्ता व्यक्तिहरुले पालना गर्नुपर्ने नियमहरु चाँहि ६ वटा बुँदामा लेखिएको छ ।


 
के क्वारेन्टाइनमा खटिने व्यक्तिहरुले सुरक्षा सावधानी अपनाउनु जरुरी छैन ? पक्कै पनि छ । त्यसो भए किन सो कुरा मापदण्डमा उल्लेख गरिएन् ? किनकी यदि त्यहाँ खटिने व्यक्तिको सुरक्षाको विषयमा प्रवेश गर्ने हो भने राज्यले पीपीई लगायतका केहि आधारभूत उपकरण र सामाग्रीको व्यावस्था गर्नुपर्ने हुन्छ । तर सरकार त्यो गर्ने पक्षमा छैन । यसो भन्न सकिन्छ की सरकार कोरोना संक्रमण नियन्त्रणको औपचारिकता मात्र पुरा गर्दैछ । जिम्मेवार र गम्भिर बनेको छैन ।
 
सरकार गम्भिर नबनेको पुष्टि हुने जल्दोबल्दो उदाहरण हो कोरोना संक्रमित व्यक्त धनगढिमा भेटिएको घटना । यदि सरकार विश्वका अरु देशमा कोरोनाले मच्चाएको ताण्डवबाट सचेत हुन्थ्यो भने यसरी अहिले प्रत्येक गाउँपालिकामा क्वारेन्टाइन बनाउनुपर्ने बाध्यत्मक आउने थिएन् । 

हवाई मार्ग हुँदै विदेशबाट फर्किएका सबैलाई यतै कतै राख्न सकिन्थ्यो । तर त्यसो गरिएन । जसले गर्दा गाउँसम्म कोरोना पुग्यो । धनगढिका युवा कै कुरा सुन्दा उनी पर्याप्तरुपमा सचेत थिए । र यदि सरकारले काठमाडौं मै कतै क्वारेन्टाइन मै कतै बसेर घर जान सुझाएको थियो भने पक्कै उनी त्यसलाई स्विकार गर्ने थिए । तर सरकारले घर गएर क्वारेन्टाइनमा बस्नु भन्यो । उनले त्यसै गरे । सहज अनुमान लगाउन सकिनछ बाटाभरि उनले संक्रमण छोडे । घरका परिवालाई समेत सायद संक्रमित पारे । 

हो, यहिँ हो सरकार चुकेको । अमेरिका र यूरोप यस्तै हेलचेक्र्याईले गर्दा कारोना विरुद्धको युद्ध हार्ने अवस्थामा छन् । थोरै सावधानी र सचेतताले चीन, जापान, कोरिया, हङकङ लगायतका मुलुक कोरोनालाई जित्दैछन । रसियाले व्यवस्थित र सूविचारित योजना निर्माण गरेर कोरोनालाई परास्त गर्ने तयारी  अगाडि बढाएको छ । 

नेपाल सरकार भने पत्रकार सम्मेलन मार्फत आस्वस्त पार्छ । आवश्यक कुनै तयारी गर्दैन् । सरकारको व्यहाल अवस्था देखेर आवश्यक स्वास्थ्य सामाग्री सहयोग गर्न व्यापारीलाई स्वास्थ्य सचिव हप्काएर फिर्ता पठाउँछन् । तिमीहरुको सहयोग चाहिन्न भनेर ठाडै अस्विकार गर्छन् । आफू त्यसको व्यावस्थापन पनि गर्दैनन् । 

सबै भन्दा टिठ लाग्दो अवस्था यहाँ देखिन्छ की आम नागरिकलाई कोरोना सम्बन्धि सुचना प्रवाह गर्ने एउटा वेवसाइट समेत सञ्चालन गर्न स्वास्थय मन्त्रालयले सकेको छैन् । एउटा निजी कम्पनीले आफ्नो प्रचार गर्न बनाएको वेवसाइटलाई स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन नै गरेर कोरोना सम्बन्धी जानकारी दिने एप भन्दै प्रचार गर्नु परेको छ । 

स्वास्थ्य मन्त्रालयलाई अहिले यति मात्रै अनुरोध गरौँ कि कम्तिमा सुचना सन्देश र जानकारी प्रवाह गर्न आफै एउटा वेवसाइट सञ्चालन गरोस् । देशभर क्वारेन्टाइन बनाएर यति मान्छे राख्यौँ भन्दै के के नै गरे झै गरि प्रचार गर्नु भन्दा बरु संक्रमण पुष्टि भएकाको उपचार गर्ने तिर लागोस् । उनीहरुले कुनै अपराध गरेका होइनन् त्यसैले छिछि, दुर्दुर र तिरस्कार होइन सम्मान जनक व्यावहार र उचित सेवा तथा परामर्श गर्ने व्यावस्था गरियोस् । 

संक्रमित व्यक्तिको परिवारको सदस्यमा समेत कोरोना संक्रमण भए नभएको जाँच गर्नेमा ध्यान देओस् । यति मात्रै गर्यो भने पनि सरकारले केहि गर्दैछ भन्न सकिन्छ । नत्र क्वारेन्टाइनमा यति र उति राखियो भन्दै प्रचार गर्नुको मात्र अहिले कुनै अर्थ छैन् । फेरि पनि दोहोर्याएरै भन्नु पर्ने हुन्छ आफ्नै एउटा वेवसाइटसमेत सञ्चालन गर्न नसक्ने स्वास्थ्य मन्त्रालयको कसरी भर पर्ने ? 

प्रतिक्रिया दिनुहोस