
काठमाडौं । बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
प्रवक्ता डा. देवकोटाका अनुसार कोरोना संक्रमित पाँचौ व्यक्ति बागलुङकी २२ वर्षकी युवती हुन् । उनी चैत ४ गतेको दिन बेल्जियमबाट कतार हुँदै कतार एयरवेजको क्यू आर ६५२ नम्वरको विमानमा आएकी हुन् ।
संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएको पाइएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस