aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अक्षय कुमारले २५ करोड सहयोग गरेपछि यस्तो ट्विट गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ चैत्र २०७६
अक्षय कुमारले २५ करोड सहयोग गरेपछि यस्तो ट्विट गरे

काठमाडौं । बलिउड कलाकार अक्षय कुमारले कोरोना महामारी संघर्षका लागि २५ करोड भारु सहयोग गरेका छन् । भारती प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केयर्स कोषमा सहयोग गर्न आग्रह गरेका थिए । उक्त आग्रहलाई मूर्तरुप दिँदै कोषमा सहयोग गरेको भन्दै ट्विट गरेका छन् । 

अक्षय कुमारको यो पहलबाट प्रशंसकहरू खुसी भएको ट्विट गरेका छन, उनकी श्रीमती र अभिनेत्री ट्विंकल खन्ना सबैभन्दा गर्व महसुस गर्दै ट्विटरमा लामो पोष्ट लेखेर खुशी व्यक्त गरेकी छिन । उनी लेख्छिन् 'यस व्यक्तिले मलाई कत्ति गर्व महसुस गराउँछ। मैले अक्षयलाई सोधें कि उसले वास्तवमै यति ठूलो रकम दिनेछ किनकि हामीले यति धेरै रकम संकलन गर्नुपर्‍यो।' 

तर अक्षयले मलाई यो भनेका थिए कि जब मैले आफ्नो क्यारियर शुरू गरेको थिएँ । त्यस बेला मसँग केही थिएन । आज मसँग सबै छ म फर्केर जान सक्दिन । जोसँग केही छैन, म उनीहरूलाई मद्दत नगरि  बाँच्न सक्दिन।

प्रतिक्रिया दिनुहोस