aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोनाबारे जनाकारी दिन मन्त्रालयद्वारा वेबसाइट र एप शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ चैत्र २०७६
कोरोनाबारे जनाकारी दिन मन्त्रालयद्वारा वेबसाइट र एप शुरु

काठमाडौं । विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेनाभाइरस (काेभिड-१९)सम्बन्धि  सम्पूर्ण जनाकारी दिने उदेश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ वेबसाइट तथा मोबाइल एप शुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबारदेखि कोरोनाबारे जानकारी दिन https://covid19.mohp.gov.np/#/ नामक वेबसाइट शुरु गरको हो । सोही वेबसाइटमा गएर मोबाइल एपसमेत डाउनलोड गर्न सकिने छ ।

मन्त्रालयले बनाएको नयाँ वेबसाइटमा कोरोना संक्रमितको उपचार हुने अस्पतालको विवरण, उपलब्ध भएका सेवाको विषयमा पनि जाकारी दिइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए । यस्तै कोरोना संक्रमणको लक्षण देखिएका बिरामीले मन्त्रालयको वेबसाइटबाट नै सम्बन्धित निकायमा खबर गर्न सकिने व्यवस्था समेत रहेको छ ।

आइतबार नयाँ वेबसाइटको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री ढकालले उक्त वेबसाइटबाट कोरोना भाइरसको विषयमा सम्पूर्ण जानकारी हेर्न सकिने बताए । मन्त्री ढकालले मन्त्रालयले बनाएको नयाँ वेबसाइटले संक्रमित पहिचान गर्न र संक्रमितले सही समयमा उपचार पाउन सहज हुने बताए ।

‘नयाँ वेवसाइट र एप्सले कोरोना संक्रमित व्यक्ति पहिचान गर्न र पहिचान भएका व्यक्तिले अस्पतालबाट सेवा सुविधा लिन र सम्बन्धित व्यक्तिले पनि आफ्नो स्वास्थ्य सुविधाबारे जानकारी लिन सहज हुने छ,’ मन्त्री ढकालले भने, ‘संक्रमित पहिचान गर्न र तुरुन्तै उपचारमा ल्याउनुपर्छ भनेर सूचना दिन यो एप्स ल्याएका छौं ।’

मन्त्री ढकालले नेपालमा हालसम्म विदेशबाट आएका ५ जनामा कोरोना संक्रमण देखिएको र नेपालमै रहेकाहरुमा अहिलेसम्म संक्रमण नदेखिएको बताएका छन् । उनले ७ वटै प्रदेशमा ल्याबको सुविधा मिलाएर सबै प्रदेशमा कोरोना संक्रमणको परीक्षण गर्ने व्यवस्था मिलाउने बताएका छन् ।


 

प्रतिक्रिया दिनुहोस