
काठमाडौं । काेराेना संक्रितकाे संख्या बढ्दै गएपछि सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म थपेको छ ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।
कोरोनाभाइरस (कोभिड–१९) विदेशबाट आएका ब्यक्तिहरुमा नै संक्रमण देखिएकोले आइतबार ४ः०० बजे बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो । अन्तर्राष्ट्रिय उडान चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।
बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने “कोरोना सङ्क्रणको त्रास कायम रहेकाले हवाई उडान रोक्ने निर्णय भएको छ ।”
प्रतिक्रिया दिनुहोस