
काठमाडौं । कारोना भाइरस रोकथामका लागि विदेशबाट ल्याउने सामानमा भ्रष्टचार नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार नियमित पत्रकार सम्मेलनका क्रमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा महेन्द्र श्रेष्ठले केही महंगो परेको हुनसक्ने स्वीकार गरेको छन ।
मन्त्रालयले एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपेमन्ट (पीपीई) लगायतका पहिलो चरणका उपकरणका चीनबाट आइतबार राति काठमाडौं ल्याएको छ । तर, एन ९५ लगायतका मास्कको महंगो मूल्यमा किनिएको भन्दै सरकारको आलोचना भएको छ ।
विश्वभरी नै मेडिकलसम्बन्धी सामग्री महगो भएका कारण नेपालमा आउने पनि महगो नै हुने उनको तर्क थियो । मन्त्रालयले स्वास्थ्य सामाग्रीका सप्लायर्सहरुसँग छलफल गरेको र उनीहरु मध्ये दुईवटाले मात्र प्रस्ताव हालेको जानकारी गराए । तर, शनिबार मात्र जारी गरेको मन्त्रालयको विज्ञप्तिमा भने कुनै पनि कम्पनीको आवेदन नपरेको भनि उल्लेख गरेको थियो ।
प्रतिक्रिया दिनुहोस