
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । आइतबार बसेको मन्त्रीपरिषदको बैंकले महामारी प्रत्यक्ष रुपमा खटिने स्वास्थ्यकर्मीको असारसान्तसम्मको लागि २५ लाखको बीमा गर्ने निर्णय गरेको छ ।
त्यस्तै, स्वास्थ्यसम्बन्धी सामग्ी आयात गर्दा सरकारले भन्सार शुल्क नलिने निर्ण गरेको अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले पत्रकार सम्मेलनमा जानकारी गराए ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस